चितवनको राप्तीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु

चितवन/

चितवनको राप्ती नगरपालिकामा ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’ सुरु गरिएको छ । नेकपा एमाले राप्ती नगर कमिटीको आयोजनामा साउन १६ गतेदेखि सुरु गरिएको कार्यक्रम साउन २८ गतेसम्म चल्ने छ ।

राप्ती नगर कमिटी अध्यक्ष पूर्णबहादुर थापाका अनुसार अभियान अन्तर्गत हरेक वडामा जनता र जनप्रतिनिधिबीचको अन्र्तक्रिया कार्यक्रम हुने छ । राप्ती भुगोलबाट वडा, पालिका, प्रदेशमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु कार्यक्रममा सहभागी हुनेछन् । साथै एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधि लगायत विभिन्न तहका एमाले नेताहरुको उपस्थिति रहने छ ।

कार्यक्रममा जनगुनासो, जनताका विकास निर्माणका अपेक्षा, समसामायिक विषयमा जनताको चासो, राष्ट्रिय राजनीतिमा जनताको धारणा सुन्ने काम गरिन्छ । यसैगरी सम्बन्धित भुगोलमा सरकारका तर्फबाट भइरहेका कामहरुको बारेमा जनतालाई जानकारी गराउने काम पनि अभियानका क्रममा गराइने अध्यक्ष थापाले बताए ।