जिफन्ट चितवन जिल्ला समन्वय कमिटीको वार्षिक कार्ययोजना निर्माण

चितवन/ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) चितवन जिल्ला समन्वय कमिटी को वार्षिक कार्ययोजना निर्माण गरिएको छ । आज सम्पन्न कमिटीको विस्तारित बैठकले वार्षिक कार्ययोजना निर्माण गरेको हो । जिफन्ट चितवन जिल्ला समन्वय कमिटीका अध्यक्ष पुष्करबाबु त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव सुशिल नेपालले गरेका थिए ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य जिफन्ट बागमती प्रदेश कमिटी अध्यक्ष रामहरि नेपाल र प्रदेश कमिटी उपाध्यक्ष अर्जुन अर्यालले राखेका थिए भने एमाले चितवनका कार्यवाहक अध्यक्ष श्याम कुमार विष्ट शुभकामना मन्तव्य राखेका थिए । बैठकमा नावुनकी सहसंयोजक अञ्जु गुरुङ, जिफन्ट चितवन इन्चार्ज शान्ति सुवेदी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनकी केन्द्रीय सदस्य भरतलाल थापा लगायतको उपस्थिति रहेको थियो । जिफन्ट नेकपा एमाले निकट मजदुरहरुको छाता संगठन हो ।