भरतपुरको भतेरी जंगलमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

चितवन/नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय ट्रक एकआपसमा ठोक्किएका थिए । नेपाली कन्टेनर ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका–२४ बस्ने अन्दाजी ४० वर्षीय प्रमोद पटेलको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ७ः२० बजे मृत्य भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलमको भरतपुर अस्पतलामै उपचारको क्रममा बिहान ७ः२० बजे मृत्यु भएको रिजालले बताए । सोहि ट्रकको सहचालक भारतको गोरखपुर बस्ने वर्ष २२ को सावन अहमदको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।