विमान दुर्घटनाः जाँचबुझ आयोग गठन,बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने

काठमाडौं/सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।