भेटिएनन् त्रिशुलीमा बेपत्ता बस, अब भोलिमात्रै खोजी गरिने

चितवन पहिरो – नेपाली सेनाद्वारा उद्धार कार्य जारी
चितवन, २८ असार ः चितवनको महानगरपालिका–२९ नारायणगढ – मुग्लिन सडक खण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको र काठमाडौँबाट गौरतर्फ गईरहेको यात्रुबाहक बस पहिरोमा पर्दा यात्रु खोजीमा परिचालन एवं उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय । तस्बिर सौजन्य ः नेपाली सेना÷रासस

भरतपुर/चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उहाँले आज दिनभर खोजतलास गर्दा पनि बस फेला पार्न नसकिएको बताउनुभयो ।

नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा भएकाले जोखिम पनि हुने भयो’, उहाँले भन्नुभयो, घटनास्थलबाट ३, ४ किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन ।’ उहाँले नदीमा पानीको बहाब उच्च र धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको बताउनुभयो ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एन्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रजिअ यादबले बताउनुभयो ।

न्यौपानेका अनुसार त्रिशुलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशुलीमा बगाएको थियो ।