वेश्यावृत्ति गराएको अभियोगमा दुईजना पक्राउ

काठमाडौँ/नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले बताएको छ । रासस