एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने, एनजी आएका सबै विद्यार्थी सहभागि हुन पाउने
काठमाडौँ/माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने बताएको छ ।
यसअघि दुई विषयमा एनजी ९नन ग्रेडेड० आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो ।
त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो । गत बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको थियो । जसमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।
एसईईमा चितवनबाट ५६ प्रतिशत विद्यार्थी उत्तिर्ण, १६ जनाले ल्याए ४ जिपिए
चितवन/माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा चितवनबाट ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार, जिल्लाबाट दश हजार आठ सय ३२ जना विद्यार्थीले परीक्षा दिएकोमा छ हजार ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
संख्यात्मक रुपमा उत्तीर्ण विद्यार्थीको संख्या कम भएपनि गुणात्मक रुपमा चितवनको नतिजा गत वर्षभन्दा राम्रो रहेको शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनुभयो । उत्तीर्ण मध्ये १६ जनाले ४ जीपीए ल्याएका छन् । गत वर्ष चितवनमा ६ जनाले मात्र ४ जीपीए ल्याएका थिए ।
यस्तै जिल्लामा ए प्लस ल्याउने विद्यार्थीको संख्या एक हजार ६ सय ९२ रहेको छ । यो संख्या अघिल्लो वर्षभन्दा चार सय ८१ जनाले बढी हो । ए ग्रेड ल्याउनेको संख्या एक हजार नौ सय ९९ रहेको छ । अघिल्लो वर्ष एक हजार पाँच सय ९९ जनाले ए ग्रेड ल्याएका सुवेदीले जानकारी दिनुभयो । जिल्लामा यस वर्ष चार हजार सात सय ९१ जना विद्यार्थी अनुउत्तीर्ण भएका छन् ।
चितवनमा ४ जीपीए ल्याउने विद्यालयमा संस्थागत विद्यालय बढी छन् । ९ वटा संस्थागत विद्यालयका विद्यार्थीले ४ जीपीए ल्याउन सफल हुँदा सामुदायिक तर्फका २ वटा विद्यालयका विद्यार्थीले मात्र ४ जीपीए ल्याएका छन् । सामुदायिक विद्यालयतर्फ चितवन माध्यमिक विद्यालय र बालकुमारी कन्या माध्यमिक विद्यालयका विद्यार्थीले मात्र ४ जीपीए ल्याएका छन् ।
संस्थागत विद्यालयतर्फ देवी सेकेण्डरी स्कुल खैरहनी, नारायणी पब्लिक स्कुल भरतपुर, लिटल फ्लावर, अर्किड र स्मल हेभन मोडेल स्कुलबाट २र२ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यस्तै पञ्चकन्या विद्यामन्दिर शिवनगर, स्काइ राइडर, पोलार स्टार र अरोमा माध्यमिक विद्यालयबाट १ र १ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तिर्ण
काठमाडौं/परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार बिहान सार्वजनिक गरेको हो ।
परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।