गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं/रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ शुक्रबार हुने भएको छ ।
सहकारी ठगीमा संलग्न रहेकाले उनलाई मन्त्री पदबाट निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट निवेदनको पेशी शुक्रबारका लागि तोकिएको हो । यसअघि न्यायाधीशले हेर्न नमिल्ने भन्दै पेशी सर्दै आएको थियो ।
महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिँदै उनीविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि विवाद सर्वोच्चसम्म पुगेको हो ।