सुरौदी खोलामा डुवेको बालकको शव सशस्त्र प्रहरीद्धारा उद्धार

कास्की, पोखरा/जिल्ला कास्की पोखरा महानगर वडा नं। ३३ बरपौवा घर भएका लक्ष्मण बि।क।को हराईरहेका छोरा वर्ष ९ को गणेश बि।क। लाई खोजि गर्ने क्रममा मिति द्दण्डज्ञ असार १ गते अन्दाजी साँझ ५ बजे बरपौवा नजिक सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानी माथी निज बालकको चप्पल तैरिरहेको देखेपछी स्थानिय प्रहरी तथा बासिन्दाहरुबाट खोजतलासको लागि सशस्त्र प्रहरी बल कालिका गण कास्कीमा खवर गरे पश्चात कालिका गणबाट खटिएको विशेष

विपद् व्यवस्थापन तथा गोताखोर टोली परिचालन भई मिति २०८१र०३र०२ गते बिहान ०८स्३०बजे निज बालकको शव खाल्डोको बीच भागको अन्दाजी २० फिट गहिराईबाट उद्धार गरेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए। घट्ना के कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान नेपाल प्रहरीले गरिरहेको र घटनास्थल कालिका गणबाट अन्दाजी ३० किलोमिटर पूर्वतर्फ रहेको समेत एसपी शर्माले बताए ।