दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, सुपर ८ को यात्रा समाप्त
आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्धको खेलमा नेपाल १ रनले पराजित भएको छ । नेपाललाई दिएको १ सय १६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । यो सँगै नेपालको आइसिसी टी २० विश्वकपमा सुपर ८ को यात्रा समाप्त भएको छ । नेपालको हारसँगै बंगलादेश सुपर आठमा प्रवेश गरेको छ । ३ वटा खेल खेलिसकेको नेपालले २ खेलमा हार बेहोरेको छ भने श्रीलंकासँगको खेल पानीका कारण रद्द भएर १र१ अंक बाडेको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे । जितको नजिक पुगेको नेपालले अन्तिम ५ ओभरमा खेललाई सम्हाल्न नसक्दा हार बेहोर्नु परेको थियो ।