पुलचोक अस्तब्यस्तः यातयातका दलेहरु मस्त ।

चितवन/पुर्बपश्चिम हाईवे अन्र्तगत देशकै मध्यभागमा रहेको ब्यापारिक केन्द्र नारायाणगढ बजारको पुलचोक अस्तब्यस्त बन्दा यातायात क्षेत्रका दलेहरुलाई भने मस्ती नै मस्ती भएको छ । बिहान ४ बजेदेखि नै पुलचोकमा गाडीहरुको ताँती लाग्छ, ती गाडीहरु कुनै सवारीजाम भएर ताँती लागेका भने होईनन् । दलेहरुको कुन समुहले आफ्नो प्रा. लि.को गाडीहरु छिटो भर्ने र सवारीधनीबाट बढी रकम कुम्ल्याउने, कमिशन बढी जम्मा गर्ने भन्ने नाममा यात्रुलाई समेत तानातान र सास्ती दिदैं मस्ती गरिरहेका हुन्छन् । उनीहरुको यो तमाशा र मस्ती टुलु टुलु हेरिरहेका हुन्छन् वडा कार्यालय नारायणगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीहरुले । यो उनीहरुको बिबसता हो या कमिशनको हिस्सेदारिता ?
भरतपुर महानगरले यातयातका सम्पुर्ण सवारी साधनहरु केन्द्रिय बसपार्क र पोखरा बसपार्कबाट मात्र छुटाउने भनेपनि दलेहरुले पुलचोकलाई नै बसपार्क बनाईदिदा पुर्बपश्चिम हाईवे अन्र्तगत नारायणगढ बजारको पुलचोक अस्तब्यस्त बन्न पुगेको हो ।
नारायणगढबाट पश्चिम तर्फ जाने बसहरुका साथै काठमाण्डौं चल्ने माईक्रोका कारण सडक बढी अस्तब्यस्त हुने गरेको स्वंय यातायात ब्यबसायीहरु बताउँछन् ।
भ्रमण बर्षको सन्दर्भमा नारायणगढ बजारमा चहलपहल होस भन्ने हेतुले महानगरले बस, माईक्रोबस, म्याजिकहरुलाई पिक एण्ड ड्रको लागी नारायणगढसम्म आउने यात्रुवाहक सवारी साधनहरुलाई पुलचोकसम्म आउन दिएको अवस्थालाई फाईदा उठाउदैं दलेहरुले बजारलाई नै अस्तब्यस्त बनाई यात्रुहरुलाई समेत शास्ती दिईरहेको बिषयमा भरतपुर महानगर नगरप्रहरी लगाएतका सरोकारवालाहरु सचेत भई दलेतन्त्रको अन्त्य गर्न ढिला गर्न नहुने देखिन्छ ।
यसैबिच, अस्तब्यस्त हटाउन चितवन ट्राफिकले आवश्यक कार्बाही गर्ने जनाएको छ । चितवन ट्राफिकका प्रमुख प्रहरी निरिक्षक सुरेश सुबेदीले सडक कसैले कब्जा गर्न नहुने भन्दै जुनसुकै प्रयोजनमा गरेपनि घण्टौंसम्म सडकमा सवारी राख्ने प्रवृती गलत भएको भन्दै त्यसलाई निरुत्साहित गर्न आवश्यक कार्बाही गर्ने बताए ।