होटलमा यौंन धन्दा, मसाज सेन्टरमा मोलमोलाई !

चितवन/नारायणगढ र आसपासका होटल तथा कटेजहरुमा केटी सप्लाई गर्ने गिरोहहरु नै सक्रिय रहेको पाईएको छ । यस्ता गिरोहहरुको कारण जिल्लामा अबैध यौंनधन्दा बढेको छ । जिल्लामा एक पछि अर्को अबैध यौन धन्दा मौलाईरहेको छ । आखिर अबैध यौन धन्दा मौलाउनुमा को जिम्मेवार ? यसलाई रोकथाम गर्न नसक्नु के राज्य, प्रहरी प्रशासनको समेत केही कमजोरी छैन र ?

मसाज सेन्टरमा मोलमोलाई
चितवन नारायणगढ, भरतपुर, गैंडाकोट, टाँडी लगाएतका स्थानमा आक्रमक शैलीमा एकपछी अर्को रुपमा बिस्तार भईरहेका मसाज सेन्टरहरु यौंन अखडाको रुपमा परिचित बन्दै जान थालेका छन् ।
नारायाणगढको पुलचोकमा रहेको नमस्ते मसाज सेन्टरमा जाने ग्राहकहरु सँग मसाज सेन्टर भित्रै मोलमोलाई हुने गरेको खुल्नमा आएको छ । उसो त् भरतपुर आसपासमा रहेका मसाज सेन्टरहरुमा समेत हेप्पी ईण्डिङ्ग र बिटुबी मसाजको नाममा सञ्चालकहरुलाई समेत रकमको हिस्सा जाने गरी यौंनधन्दा हुने गरेको ती मसाज सेन्टरमा गई मसाज गराउने ग्राहकहरुले आफ्नो नाम नबताउने शर्तमा भण्डाफोर अभियानलाई जानकारी दिए ।

कतिपय मसाज सेन्टर भित्रै यौन क्रियाकलाप नभएपनि आसपासका होटलमा रुम बुकिङ्ग गरी ग्राहक र मसाज सञ्चालकहरुको आपसी समझदारीमा यौंनधन्दा भईरहेको श्रोतले जानकारी दियो । कतिपय मसाजकर्मीहरुले भने मोबाईल नम्बर दिई पछी सम्पर्क गरी लज तथा होटलमा जाने गरेको श्रोतको दाबी छ ।
मसाज सेन्टरहरु यौंन किनबेचको अखडाको रुपमा बिस्तारित भई रहेको भएपनि चितवन प्रहरी भने बेखबर त् पक्कै होईन नतमस्तक देखिन्छ । मसाज सेन्टरका रुपमा बिकृती फैलाईरहेका यस्ता अबैध यौंन अखडाहरुलाई बेलैमा नियन्त्रण नगरिएमा एकातिर जिल्लामा रहेका स्पा र थेरापिष्ट सेन्टरहरु समेत बदनाम बन्ने खतरा देखिन्छ भने अर्कोतिर सामाजिक बिकृती बढेर पारिवारिक संरचनाहरु थ्प ध्वस्त बन्दै जानेछ । तसर्थ तत्काल अबैध यौन अखडाहरुमाथी प्रशासनको नजर र काबार्ही केन्द्रित गरिनुपर्दछ ।