अबैध कारोबारको उठन्तेमा चितवन प्रहरी: चेक बाउन्सको नाममा सर्बसाधरण तर्साउदैं बरिष्ठ सई कार्की

अबैध कारोबारको उठन्तेमा प्रहरी किन ?

सुर्य बराल/चितवन/जिल्ला प्रहरी कार्यालय चितवनमा आउने चेक बाउन्सका अधिकांश उजुरीकर्ताहरु मिटर ब्याजका कारोबारी रहने गरेको खुल्नमा आएको छ  ।
चितवन प्रहरीमा आउने उजुरीहरुको भण्डाफोर अभियान टिमले निरन्तर गोप्य एवं सुक्ष्म रुपमा अनुसन्धान गर्ने क्रममा अधिकांश उजुरीकर्ता मिटरब्याजी रहेको देखिएपछि चितवन प्रहरीको एउटा युनिट नै बिगत एक बर्षदेखि अबैध कारोबारको उठन्तेमा ज्यान फालेर लागेको पाईएको हो ।
अध्ययनका क्रममा प्रहरीले बाउन्स गर्ने अधिकांश चेकमा उल्लेखित रकम समेत बास्तविक रकम भन्दा कयौं गुणा बढी रहने गरेको तथ्य समेत पाईएको छ । चेक बाउन्सका नाममा प्रहरीद्धारा शक्ति र बर्दीको आडमा सताईएका दर्जनौं पिडीतहरुसंगको संवादको क्रममा भण्डाफोर अभियानले जिल्ला प्रहरी कार्यालय बार्गेनिङ्गको अखडा बनाईने गरेको खुल्नमा आएको हो ।
यसरी, प्रहरीको बर्दीको आड र कार्यालय भित्र हिरासतमै राखी चेक काट्न लगाउने देखि मनोबैज्ञानिक रुपमा बास्तविक पिडीतलाई टर्चर दिई अबैध धन्धा गर्नेहरुलाई प्रशय दिने र चेक बाउन्सको नाममा सर्बसाधरण तर्साउने मुख्य पात्र हुन् बरिष्ठ सई राम कार्की ।
ब.स. कार्कीको दरबन्दी चितवनमा नभएपनि उनी बिगत डेढ बर्ष यता अबैध असुलीको रकम नजरानाको रुपमा उपल्लो तहसम्म बुझाएकै कारण बैंकिङ्ग कसुर युनिटमा रजगज गर्दै बसेको प्रहरी श्रोतकै दाबी छ । बिगतका एसपीलाई रिझाउन सफल कार्की अहिलेका सरल र सिधा एसपीलाई समेत गुमराहमा पार्दै अबैध असुली धन्धालाई अझ बिस्तार गर्न थालेको प्रहरी श्रोतको दाबी छ । प्रहरीले चेक बाउन्सको केश हेर्ने नाममा जान अन्जानमा मात्र होईन कार्कीजस्ता पात्रहरु अबैध मिटरब्याजी र अबैध ढुकुटी सञ्चालकहरुको अबैध असुलीको सबैभन्दा शक्तिशाली माध्यम बन्न गएको हाम्रो अध्ययनको निष्कर्ष छ ।
प्रहरी प्रशासनलाई केही भौंतिक सहयोग गरी नजिक हुने गरेका र आफुलाई स्वघोषित समाजसेवी भन्ने भुईफुट्टाहरुले बिगतदेखि नै लोभ र प्रभावमा पारी कार्की सहित केही प्रहरीहरुलाई प्रयोग गरी सोझा सिधा आम सर्बसाधरणहरुलाई प्रहरी कार्यालयकै परिसर भित्र बन्दक बनाउने र डर त्रासपूर्ण बाताबरण बनाई तमसुकमा जबरजस्ती सहिछाप गर्नुका साथै चेक दिन समेत बाध्य पारिएको स्वंय पिडीतहरुले बताएका छन् ।
आफुहरुले कुनै रकम तिर्नु छैन भन्दा भन्द,ै तिर्नुपर्ने बास्तविक रकम कम हो भन्ने जान्दा जान्दै त्यस्तै यस अघि नै जिल्ला प्रहरी, वडा कार्यालमा कुनै लेनादेना नभएको प्रमाणित भईसकेको अवस्थामा समेत प्रहरीले बिना कारण दुःख दिएको पिडीतहरुको गुनासो छ ।

अबैध कारोबारको उठन्तेमा प्रहरी किन ?
आर्थिक अपराध सरहको अबैध मिटरब्याजी र ढुकुटीहरुको रकम उठाउने कार्यमा प्रहरी लाग्नु आफैमा शंकास्पद देखिन्छ । बैंकिंग कारोबार जस्तै तर अबैध यस्ता आर्थिक कारोबारले एकातिर राष्ट्रलाई नोक्शान पु¥याउछ भने अर्कोतिर आम सर्बसाधरण ठगीईरहेका छन् ।
यस्तो आर्थिक अपराध गर्नेहरुको कालोबजार बढने गरी, उनीहरुको हौंसला र मनोबल बढने गरी उठन्ते धन्दामा लाग्ने कार्कीजस्ता केही प्रहरीहरुले गर्दा प्रहरी प्रशासनको बदनामी भईरहेको छ । यस्ता उठन्ते धन्दामा प्रहरी लाग्नु भनेको कुनै न कुनै रुपमा लाभावन्तीत हुनु हो । या कुनै प्रलोभन वा प्रभावमा परेर गर्नु हो ।
जे जसरी गरे पनि यस्तो अबैध धन्दावालहरु जस्लाई आर्थिक अपराधमा कार्बाही गर्नुपर्ने हो उनीहरुसँगै मिली आमसर्बसाधरणलाई बर्दीको आडमा धम्क्याउनु र असुली गर्न सहयोग गर्नु प्रहरी कार्यालयमा कार्यरत केही प्रहरीहरुको गम्भिर गल्ती हो जसलाई संगठनले बेलैमा सच्याउन जरुरी छ ।
हुनत्, ‘पछिल्लो समय लागू भएको मुलुकी संहिताले चेक बाउन्सलाई फौजदारी मुद्दाअन्तर्गत राखेको छ, तर वास्तविक पीडितले न्याय पाउने उद्देश्यले कानुनको कल्पना गरिएको भएपनि पछिल्ला दिनमा मिटरब्याजीदेखि स्वार्थ केन्द्रित धन्दामा लागेका ब्यक्ती तथा समूह हरूले यसलाई हतियार बनाएर प्रहरीलाई मतियारको रुपमा प्रयोग गर्ने गरेको तथ्य बाहिरिदैं गएको छ ।
यर्सथ, अबैध रुपमा लाखौं, करोडौको आर्थिक कारोबार गर्ने अपराधिक मिटरब्याजी एवं ढुकुटी सञ्चालकहरुका उठन्ते कार्य त्यो पनि स्वंय कानुन कार्यन्वयन गर्ने निकाय प्रहरीका अधिकृत प्रयोग भई सर्बसाधरणलाई धाकधम्की दिने कार्य तत्काल रोकिनुपर्दछ । चेकको रियालिटी र लेनदेन गर्ने दुबै पक्षको कुरा सम्पुर्ण रुपमा नकेलाईकन प्रहरीले धाक धम्की दिनु अपराधीहरुकै मतियार बन्नु सरह हो । चेकमा उल्लेखित रकमको स्रोत बिना प्रहरीले त्यस्ता चेकहरु सहित आएका उजुरी लिने होईन त्यस्ता उजुरी ल्याउनेहरुलाई नै अनुसन्धानको घेरामा राख्नुपर्दछ ।
अतः यस तर्फ स्थानिय सरकार र प्रहरीको उपल्लो तह, केन्द्रिय सरकारको गृहप्रशासनले समेत ध्यान दिनुपर्ने देखिन्छ ।
यसैबिच, अबैध कारोबारको उठन्तेमा चितवन प्रहरी नै किन हो भनि हामीले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक भावेश रिमाललाई प्रश्न गर्दा उनले कार्यालयले त्यस्तो नगरेको बताए । उनले कोही प्रहरी त्यस्तो कार्यमा संग्लन भएको प्रमाण भेटे आफुले कार्बार्ही गर्ने बताए ।
चेक बाउन्सको नाममा सर्बसाधरण तर्साउदैं छन् नी बरिष्ठ सई राम कार्की, उनलाई किन दरबन्दि भएको ठाँउमा पठाउनुहुन्न भन्ने अर्को प्रश्नमा प्रमुख रिमालले यस बिषयमा आफुले अध्ययन गर्ने र कार्कीलाई छिट्टै दरबन्दि भएकै ठाँउमा पठाउने बताए ।
आजको भण्डाफोर अभियानबाट