अबैध गोरखनाथ धानको बिऊ बजारमा छ्यापछ्यापती, नियामक निकाय मुकर्दशक !

चितवन/नेपालमा बर्षौदेखि हाईब्रिड धानको बिउ भन्दै हाईब्रिडको मूल्य लिदैं कालोबजारी समेत गरी आम किसानहरुलाई ठग्दै आएको भारतीय लोकल धानको बिर्र्ऊ नाथ बायोजिन ईण्डीया लिमिटेड” औंरङ्गबाद युपिद्धारा उत्पादित धानको बिउहरु गोरखनाथ, ५०९, लोकनाथ ५०५ लगाएतका अबैध बिउहरु नेपाली बजारमा छ्यापछ्यापती बिक्रि भईरहेपनि नियामक निकायहरु मुकर्दशक बनि बसिरहेका छन् ।
केही बर्ष अघिदेखि नेपाल सरकारले आयात अनुमतिमा समेत रोक लगाएको गोरखनाथ ५०९/५०५ धानको बिउ अहिले चितवनको नारायणगढ, कृष्णमन्दिर, टाँडी, पर्सा, भण्डारा, चनौली, गितानगर, पटिहानी, जगतपुर, माडी त्यस्तै नवलपुरको गैंडाकोट, भेडावारी, रजहर, प्रगतिनगर, दलदले, कावासोती, डण्डा लगाएतका देशभरका एग्रोभेट, भेटेनरी, सहकारी, पानपसल र होटलहरुबाट समेत बिक्री भईरहेको पाईएको छ ।
अबैध काम गरेको भन्दै नेपाल सरकारले आयात सूचीकरणबाट हटाएको नाथ बायोजिन ईण्डीया लिमिटेडद्वारा उत्पादित गोरखनाथ ५०९ जातको धानको बिउ चितवनसहित पुर्बी नेपालको झापा, सुनसरी, मोरङ्ग, सप्तरी, सिराह, सर्लाही, बारा, पर्सा,रौंतहट, त्यस्तैं नवलपुर, तनहँु, रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, दाङ्ग लगाएतका दर्जनौं जिल्लामा आजकल लुकीछिपी मात्र होईन खुलमखुल्ला बिक्रि बितरण भईरहेको देखिन्छ ।
धानको बिउ लगाउने यो सिजनमा यसरी गोरखनाथ लगाएतका अबैध बिउबिजनहरु बजारमा छ्यापछ्यापती खुुलेआम बिक्रि भईरहेको भएपनि नियामक निकायहरु मुकर्दशक भई बस्नुले नियामक निकायको रुपमा रहेका जिल्ला जिल्लास्थित कृषि ज्ञान केन्द्र, क्वारेन्टाइन चेकपोष्ट, जिल्ला प्रशासन कार्यालय, पालिकास्तरका अनुगमन समिती, प्रहरी प्रशासन र ललितपुर पुलचोकस्थित हरिहर भवनमा रहेको नेपाल सरकारकै कृषिमन्त्रालय मातहतको विउविजन महाशाखा (नार्क) एचक्युसिसीमा कार्यरत केही भ्रष्ट कर्मचारीहरुको मिलीभगत रहेको आशंका गर्न सकिन्छ ।
चितवनको नारायणगढ बजार बिशाल मार्गमा रहेको शक्सेस फर्मा, एभरेष्ट एग्रोभेट, भरतपुरको हाम्रो सहकारी, टाँडीको चितवन एग्रोभेट, टिकौंली कृष्णमन्दिरमा रहेको दिर्घायू सहकारी, पर्सा, भण्डारा, रामपुर, चनौली, गितानगर, जगतपुर, माडी, मुग्लीङ्ग, तनहँुका आँबु खैरहनी, डुम्रे, दमौंली, गोर्खा, लम्जुङ्ग, नवलपुरका रजहर, दलदले, प्रगतिनगर र कावासोती, डण्डा, लगाएतका स्थानमा रहेका एग्रोभेटहरुमा उक्त अबैध धानको बिउ छ्यापछ्यापती देखिएको छ तर जिल्ला प्रशासन कार्यालय, ज्ञान केन्द्र र पालिकास्तरका अनुगमन समितीहरु बेखबर मात्र होईनन् पुरै मुकर्दशक छन् ।
ल्याब परिक्षण र क्वारेन्टाइन चेक नै नगरी भित्रिरहेका यस्ता धानको बिउको कारण राज्यलाई नोक्शान हुनुका साथै उपभोक्ताका रुपमा रहेका किसानहरु प्नि चर्को मूल्य तिर्न बाध्य छन् ।
बिगत २ बर्ष अघिसम्म कृषक बिज भण्डार र एग्रो ईन्टरनेशनल बिरगंजका सञ्चालकद्धय छोटेलाल कलवार र बंकालाल कलवार त्यस्तै मोरङ्गका केदार खत्रीले यो अबैध धानको बिउको आयात गरेको भएपनि यस पटक भने माथी उल्लेखित सहकारी एवं ब्यबसायीहरुले आफुखुसी भन्सार छलीगरी क्यारिङ्ग गर्दै बस र बलेरो गाडीहरुमा आयात गर्ने गरेको खुल्नमा आएको हो ।
अतः नक्कली बिउको आयात र कारोबारमा संलग्न किसानमाराहरुलाई उनीहरुले गरिरहेको अबैध अयात र कालाबजारीको आधारमा जिल्ला जिल्लास्थित कृषि ज्ञान केन्द्र, क्वारेन्टाइन चेकपोष्ट, जिल्ला प्रशासन कार्यालय, पालिकास्तरका अनुगमन समिती र प्रहरी चौंकीहरुले कार्बाही गर्नुपर्दछ । यस्ता तत्वहरुलाई कार्बाही गराउन आम किसानको लागि काम गर्ने संघ संगठनहरु सचेत र सर्तक रहि राज्यका निकायहरुलाई आवश्यक सुचना प्रदान गरी अबैध बिउहरु नष्ट गर्ने अभियान नै चलाउनु पर्दछ आजको भण्डाफोर अभियानबाट