वातावरण दिवसमा विविध कार्यक्रम गर्दै कृषि संकाय

कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायले विविध कार्यक्रम आयोजना गरि विश्व वातावरण दिवस–२०२४ मनाउने भएको छ । संकायले कृषि वनस्पति तथा पर्यावरण संरक्षण विभाग तथा इसिमोडको सहयोगमा बुधबार विविध कार्यक्रम आयोजना गरि वातावरण दिवस मनाउन लागेको हो । संकाय परिसरमा विहान ७ बजेबाट विविध कार्यक्रम सञ्चालन गरिने आयोजक कमिटिका अध्यक्ष एवं संकायका सहायक डीन प्रा।डा। अरविन्द श्रीवास्तवले जानकारी दिनुभयो ।

वातावरण दिवसमा वृक्षारोपण, विद्यार्थीहरु बीच ‘आवर ल्याण्ड आवर फ्युचर’ विषयमा आधारित डकुमेन्ट्रि प्रतियोगिता, लोपोन्मुख सामाग्री एवं तस्विर प्रदर्शनी, नाटक मन्चन गरिने आयोजक कमिटिका सदस्य सचिव एवं संकायका कृषि वनस्पती तथा पर्यावरण संरक्षण विभाग प्रमुख सरोज सापकोटाले बताउनुभयो । यस्तै, अन्र्तक्रिया र स्नातकोत्तर तहका विद्यार्थीका लागि क्लाईमेट रेजिलेन्ट एग्रिकल्चर विषयमा कार्याशाला सञ्चालन गरिनेछ ।