काठमाडौँ महानगरपालिकाले विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने

 

काठमाडौँ/काठमाडौँ महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ । टुँडिखेल, तीनकुने र हाँडी गाउँमा ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि महानगरपालिकाले यस्तो व्यवस्था गर्ने भएको जनाएको छ ।

नेपाली समयअनुसार आज साँझ ९ः१५ बजे बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठुला एलइडी स्क्रिन राखिने छन् ।