आंधी तुफानले चितवनमा मच्चायो बितण्डा

आज शुक्रबार, चितवन जिल्लामा आएको तीव्र हावाहुरीले ठूलो वितण्डा मच्चाएको छ। बिहान १० बजे तिर सुरु भएको हावाहुरीले विभिन्न क्षेत्रहरुमा व्यापक क्षति पुर्याएको छ।

चितवन/आज साझ चितवनको प्रमुख शहर भरतपुर लगायत आसपासका गाउँहरुमा आएको हावाहुरीको कारणले रुखहरु ढलेका छन्, बिजुलीका पोलहरु भाँचिएका छन् र केहि घरहरुका छाना उडाएका छन्। हावाहुरीका कारणले जनजीवन अस्तव्यस्त भएको छ भने स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु उद्धार कार्यमा खटिएका छन्।

चितवनका प्रमुख जिल्ला अधिकारीका अनुसार, अहिले सम्म कुनै मानविय क्षति नभएको तर ठूला आर्थिक क्षति भएको जानकारी गराएका छन्। स्थानीय अस्पतालमा केही घाइतेहरु उपचार गराउन आएका छन्।

बिजुलीका पोलहरु भाँचिएका कारणले अधिंकास क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ भने केही स्थानमा पानीको आपूर्ति पनि प्रभावित भएको छ। जनताहरुलाई सम्भव भएसम्म घरमै बस्न आग्रह गरिएको छ र हावाहुरीको थप सम्भावनालाई ध्यानमा राख्दै सावधानी अपनाउन सुझाइएको छ। प्रभावित क्षेत्रमा विद्युत सेवा र अन्य आधारभूत सेवाहरु पुनर्स्थापित गर्नका लागि स्थानीय निकाय र सरकारी संस्था हरु सक्रिय छन्। हावापानीले चितवनको टिकौली, बाईपास लगाएत दर्जनौं स्थानमा केही बेर सडक अबरुद्ध भएपनी अहिले खुल्ल रहेको जिल्ला ट्राफिकले जनाएको छ।

यो हावाहुरीको कहरले चितवनको जनजीवनलाई केही दिनका लागि अवश्य प्रभावित पार्ने देखिन्छ। चितवनका जनताले अहिले सामना गरिरहेको यस संकटबाट छिटोभन्दा छिटो उन्मुक्ति पाउनका लागि प्रशासनले पनि आवश्यक सम्पूर्ण कदम चालिरहेको छ।