देशभर बढ्यो अत्याधिक गमीर्, गर्मीका कारण त्यहाँको जनजीवज प्रभावित

तराई मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी, काठमाडौंमा पनि गर्मी बढ्यो

काठमाडौं/तराई मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण त्यहाँको जनजीवज प्रभावित बनेको छ ।

अझैं केहि दिन गर्मी यस्तै रहने मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमाको तापक्रम आज ४४ डिग्रीभन्दा माथि पुगेको छ ।

काठमाडौं उपत्यकामा पनि गर्मी धेरै महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै आगामी ३ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ ।

त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।