फौजदारी मुद्दाका सबै कसुरमा डोनल्ड ट्रम्प दोषी ठहर

ऐजेन्सी/अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन्।

भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो।

अदालतले जुलाई ११ मा उनीविरुद्ध सजाय सुनाउने छ। ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ। कानुनविद्हरूले उनलाई जरिवाना हुने सम्भावना बढी रहेको बताएका छन्।

ट्रम्पले यो आदेशलाई ूकलङ्कू भन्दै उक्त मुद्दा हेर्ने निकायकोअध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन्।

ट्रम्पविरुद्ध परेका केही मुद्दाको सुनुवाइ हुन बाँकी नै छ।

राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर ह्वाइट हाउसमा फर्किन ट्रम्पले निर्वाचन अभियान चलाइरहँदा यो आदेश आएको हो।

अदालतले २२ प्रत्यक्षदर्शीसँग छ सातासम्म बयान लिएको थियो। बयान दिनेमा ट्रम्पसँग अवैध यौन सम्बन्ध भएको र सन् २०१६ को चुनावअघि ूचुप बस्नू रकम दिइएको भनिएकी पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन्।

ट्रम्पका एक वरिष्ठ अधिवक्ताले ुफक्स न्यूजुलाई बताएअनुसार पूर्वराष्ट्रपतिको कानुनी टोलीले पुनरावेदनका लागि “सबै उपायमाथि छलफल” गरिरहेको बताएका छन्।

कसले के भने रु
अदालतको निर्णय वर्तमान अमेरिकी प्रशासनका लागि ठूलो जित भएको म्यान्हटनका पूर्वअभियोजक डङ्कन लेभिनले बताए।

“यो मुद्दा बलियो रूपमा पुष्टि भएको थियो अनि एक जनाको बयानले मात्रै नभई कागजपत्र, इमेल र फोन अभिलेखले त्यसलाई पुष्टि गरेको थियो,” उनको भनाइ छ।

उनले ट्रम्पले न्यायलाई ूअवमूल्यन गर्नू आफ्नो सबै शक्ति प्रयोग गरेको भन्दै १० पटक फौजदारी अवहेलनामा संलग्न भएको पाइएको बताए। “यो अभियोजकहरूको ठूलो जित हो।”

अदालतमा बयान दिन उपस्थित भएका ट्रम्पका पूर्ववकिल माइकल कोएनले आफू ूचिन्तामुक्तू भएको तर आश्चर्यचकित नभएको प्रतिक्रिया दिएका छन्।

“अन्तिममा यसमा तथ्य जे थियो त्यो नै कायम रह्यो,” उनले भने, “यो जबाफदेहिता हो र यो नै अमेरिकालाई अहिले चाहिएको कुरा थियो।”

यो आदेश आउनुअघि अमेरिकी वयस्क चलचित्र अभिनेत्री ड्यान्यल्सलाई चुप बस्न रकम दिइएको मुद्दामा दोषी ठहर हुने एक मात्र व्यक्ति कोएन थिए।

अन्तर्वार्तामा उनले सुनवाइका क्रममा आफूले भोगेको तनाव र दबाव र विगतमा शपथ लिइसकेपछि पनि झुट बोल्नुपर्नाले थपिएको थप जटिलताबारे बोलेका थिए।

ट्रम्पको कानुनी टोलीका सदस्यले इजलास कक्षभित्र उनलाई कडा प्रश्नहरू गरेका थिए। एक वकिल टड ब्लान्चले कोएनलाई ूहालसम्मकै सबैभन्दा ठूला ठगू भनेका थिए।

त्यसको प्रत्युत्तरमा उनले ट्रम्पका वकिललाई ूहालसम्मकै सर्वाधिक मूर्ख वकिलू को सङ्ज्ञा दिएका थिए।

यो फैसलाको प्रभाव कस्तो पर्ला रु
ट्रम्प अमेरिकाका पैँतालिसौँ राष्ट्रपति हुन्। बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार अमेरिकाको इतिहासमा यसअघि कुनै पनि पदासीन वा पूर्वराष्ट्रपति दोषी कुनै अपराधमा दोषी ठहर भएका थिएनन्।

ट्रम्पले पुनरावेदन गर्ने योजना बनाएको भए पनि यो मुद्दाको फैसलाबाट राजनीतिक प्रभाव पर्न सक्ने ठानिएको छ।

दोषी ठहर भएर पनि प्रमुख दलबाट राष्ट्रपतिको उम्मेदवार बन्न लागेका उनी पहिलो नेता हुन्।

यसै वर्षको सुरुमा उनी रिपब्लिकन पार्टीबाट उम्मेदवार मनोनीत भएका थिए। अदालतले सजाय सुनाएको केही दिनभित्रै उनी सो दलको अधिवेशनबाट औपचारिक उम्मेदवार बन्ने छन्। बीबीसी नेपालीबाट ।