विभिन्न पार्टी परित्याग गरि ६० जनाभन्दा बढी नेताकार्यकर्ता नेकपामा प्रवेश

चितवन/आज मङ्गलबार दिउँसो भरतपुरमा विभिन्न पार्टी परित्याग गर्दै ६० जना भन्दाबढी नेताकार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकटअखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्ममेलन उद्घाटन सत्रमा उनीहरु चितवनको नारायणगढमा नेकपामा प्रबेश गरेका हुन् ।

नेपालका अन्य राजनीतिक दलहरुले जनताको एजेन्डा छोडेर दलाल दलमा परिणत भएको भन्दै अब देशको नेतृत्व नेकपाले मात्र गर्न सक्ने निचोड सहित देशलाई निकास दिनसक्ने क्रान्तिकारी पार्टी विप्लव नेतृत्वको नेकपाले मात्र गर्न सक्नेमा आफुहरु विश्वस्त रहेकाले नेकपामा ध्रुवीकृत भएको नवप्रवेशीहरुले बताएका थिए।

ध्रुवीकरणमा आएका ६० भन्दाबढी अन्य पार्टीका नेताकार्यकर्ताहरुलाई सम्मेलनका प्रमुख अतिथि तथा नेकपाका स्थायी समिति सदस्य विषम सी, स्थायी समिति सदस्यहरु अनिल सी, शिलु सी लगाएतका नेताहरुले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । महासंघका संयोजक श्याम सीको अध्यक्षतामा उद्घाटित बन्दसत्र भोलिदेखि तीन दिनसम्म चल्ने महासंघले जनाएको छ ।

चितवन उद्योग वाणिज्य महासंघको हलमा पार्टीप्रबेश गर्नेहरुमा सन्तोष क्षेत्री, मेनुका सुनार, प्रेस्का सुनार, पवित्रा मगर, तुलसी मगर, माया तामाङ, राज पुडासैनी, समीर नेपाली, प्रकाश विक, साशिस मगर, रामकृष्ण भुजेल,सन्दिप गुरुङ, सुदिप थापा, कमल घले, जेपी तामाङ, सुनिता तामाङ,कमल तामाङ, मिलन बोगटी भट्ट,अनिता गुरुङ,संगीता सुनार,रितु नेउपाने,रुपा गुरुङ, स्नेहा पौडेल, मनिसा परियार, रैजन श्रेष्ठ, उत्तम नहर्की, लगाएत ६० भन्दाबढी रहेकाछन् ।

sahid diwas