चितवनमामहिला हिंसाको अवस्थाभयावह,

 

भरतपुर/चितवनमा पछिल्लो १० महिनाको अवधिमा लैगिंक हिंसाको घटना भयावहअवस्थामा देखिएको छ । हिंसामा परी उजुरी गर्न आउने संस्थाहरु जिल्लाप्रहरी कार्यालय, एकद्धारा संकट व्यवस्थापन केन्द्र र जिल्लाअदालतको तथ्याकं विश्लेषण गर्दा विशेषगरि महिलातथाबालबालिकाप्रभावित बनेको देखिएको छ । गत साउनदेखि बैशाखसम्मको अवधिमाजिल्लाप्रहरी कार्यालय महिला सेलमाविभिन्नप्रकृतिका हिंसामा परेका ७४४ उजुरी दर्ता भएको छन् । तिमध्ये घरेलु हिंसा सम्बन्धी ४०२ र शान्ती सुरक्षातथाअन्यमा ३४२ रहेका छन् । जसमाखानलाउननदिएको ९७,जन्मदर्ता विवाहदर्ता तथानागरिकता सम्बन्धी १९,दाइजोको विषयमा ३,कृटपिट१४८,गाली वेइज्जति १३५ रहेको जिप्रकाको तथ्याकंमाउल्लेख छ ।

यो अवधिमा २६७जनाको निवेदनमामिलापत्र गरिएको,५६ जनाअदालतीप्रकृयामागएको र ७९ जनाको उजुरी अनुसन्धानको क्रममा रहेको जिल्लाप्रहरी कार्यालयकाप्रहरी प्रवक्ताश्रीराम भण्डारीले जानकारी दिनुभयो । यस्तै शान्ती सुरक्षा र अन्यनिवेदन ३४२ दर्ता भएकोमा २५७मिलापत्रभएको र ८५ उजुरी बाँकी रहेको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो अवधिमामहिलामाथिको अन्य अपराधको घटना पनि बढिरहेको तथ्याकंले देखाउछ । गत साउनयता१७० जनागम्भिर आपराधिकक्रियाकलापको शिकार बनेको तथ्याकंमाउल्लेख छ । तिमध्ये ४१ जनामाजवरजस्ती करणी शिकार भए । ४ जना करणी उद्योग, २२ जनाबालयौन दुराचार, १जनाअप्राकृतिक मैथुन, १० जनाबहुविवाह, १ जनाबालविवाह,८९ आत्महत्या र २ जनाबालबिज्याई रहेका छन् ।

यसैगरी ३७९ जना हराएकोमा २५१ फेला परेको र१३८ जनाखोजीभइरहेको प्रहरीले बताएको छ ।तिमभ्ये १४०महिला, १०४ पुरुष १९ बालक , ८९ बालिका १८ जेष्ठ नागरिक रहेका छन् ।तथ्याकंले लागुऔषधप्रयोगकर्ताको संख्यामापनि बढेको देखाउंछ । जिल्लाप्रहरी कार्यालयमाहाल ६४ जनाथुनुवा रहेकोमा४२ जनालागुऔषधप्रयोगकर्ता रहेको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो ।
उता, एकिकृत संकट व्यवस्थापन केन्द्र ओसिएमसिको तथ्याकं हेर्दा १० महिनामा २१४ जनालाई गम्भिर प्रकृतिको हिंसा भएको देखिन्छ ।

तिमध्ये ७१ जनाजवरजस्तीकरणी,२४ जना यौनदुव्यवहार, ३४ जनाशारिरिक दुव्र्यवहार,२ जना बेचविखन,स्रोत साधन र अधिकारबाट बञ्चित ९ जनामानसिकदुव्यहार ३ जना र अन्यविभिन्नप्रकृतिका घटनामा ७० जना रहेका छन् ।यसरी हिंसामा पर्नेमा १४ बर्ष मुनिका ६६जनाजसमा ३ जनाबालक समेत रहेका छन् । यस्तै १५ देखि १८ बर्षसम्म ४८,१९ देखि ४९ सम्मका ९६ र ५० माथि २ जना रहेको ओसिएमसीको तथ्याकं छ । सबैभन्दा बढी साउन र भदौमा घटना भएको छ । बैशाखमहिनामामात्र २४ वटा घटना भएका छन् । ओसिएमसी मा २०७३ देखि हालसम्म ८ सय २७जना जटिल प्रकृतिको हिंसामा परेकाहरुले सेवालिएको फोकन पर्सनहीरा माया सुवेदीले जानकारी दिनुभयो । पछिल्लो १० महिनामा सम्बन्ध विच्छेद गर्नेको संख्यापनिह्वात्तै बढेको देखिन्छ । १० महिनाको जिल्लाअदालतचितवनमा११३२ सम्बन्ध विच्छेदको मुद्धादर्ता भएकोमा ९०९ फैसलाभइसकेको र २१३ मुद्धा फैसलाहुनबाँकी रहेको अदालतले बाँकी रहेको अदालतले जनाएको छ ।

घरेलु हिंसाको मुद्धाभने अदालतमाकमदर्ता भएको देखिन्छगएको छ ।गतआर्थिक बर्षको ३ र यो बर्षको ४ गरि ७ वटा मुद्धा दर्ता भएकोमा ५ वटा चालु अवस्थामा रहेको छ ।
१० महिनाको तथ्याकंं विश्लेषणमा चितवनजिल्लाको अवस्थाभयावह देखिएपछि आदर्श नारी विकास केन्द्रले आजआफ्नो स्थापनाको ३३ बर्षको अवसर पारेर ३ तहकानिकायबीचअन्तरक्रियासम्पन्नगरेको छ । कानुनकार्यान्वयन गर्ने निकाय , तत्कालएक्सनमाउत्रने प्रहरी र अभियन्तालाई एउटै मन्चमा राखेर उल्लेखिततथ्याकंकाबीचमा बहस गरिएको संस्थाका संस्थापकएवं महिलाअधिकारकर्मी मीना खरेलले बतायनुभयो । जिल्लामा प्रस्तुततथ्याकंले महिलामाथिको हिंसाको भयावह रुप देखिएको भन्दै उहाँले आगामीकार्यक्रमहरु मानवीयविकासमा केन्द्रितहुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिकाप्रमुख नारायण प्रसाद अधिकारीले नेपालमाउत्कृष्ट कानुन लेखिएपनि कार्यान्वयनपक्षफितलो देखिएको बताउनुभयो । महिलाअधिकार र मानवीयविकासकालागि लड्नेहरु समाजकाअसलनायकभएको बताउंदै उहाँले जिसस मानवीयविकासकाकार्यमा साथदिनतयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सरकारका तीनै (स्थानीयप्रदेश र संघीय) तहकानीतितथाकार्यक्रमहरुभौतिकविकासमामात्र केन्द्रितभएकाले आगामी योजनाहरु मानवीयविकासकाकार्यलाई पनिप्राथमिकताका साथ समेट्नुपर्ने अधिवक्ताफुलमाया रानाभाटलेबताउनुभयो । तथ्याकंमा सम्बन्ध विच्छेद, आत्महत्या र हिंसा घटना डरलाग्दो अवस्थामा देखिएकाले यसको नियन्त्रणका लागिअभिभावकले आफ्ना सन्तालालाई निरन्तर परामर्श गर्नुपर्नेमा जोड दिनुभयो ।

कानुनु सहायता समितिचितवनका संयोजकअधिवक्तागोमा न्यौपानेले हिंसा बढ्नुको प्रमुख कारण बैदेशिक रोजगारमा गएकाले पठाएको रकमको नेपालमाहुनेले उचीतव्यवस्थापननगर्नु, लागुऔषधदुव्र्यसनी, बेरोजगारी प्रमुख रहेको बताउनुभयो । यीनै कारणले घरेलु हिंसाको घटना बढेकोउहाँले बताउनुभयो । “अहिलेको बच्चाहरुमाशुन्य सहनशीलता छ उहाँले भन्नुभयो समाजमा सचेतनाकाकार्यक्रम लैजादै गर्दा महिलालालाईअधिकार मात्रहोइनसंगसंगै कर्तव्य पनिसिकाउनु जरुरी छ ।”कानुनमा लेखिएका कुराहरुलाई फैसला गर्न सजिलो छ तर फैसला गरेका कुराहरुलाई कार्यान्वयनमाउतार्न निकै जटिल भएको उहाँको अनुभवछ ।

जिल्लाप्रहरी कार्यालय महिलासेल प्रमुख रिमा कोइरालाले आत्महत्या बढ्नुमा सबैभन्दा बढी बैदेशिक रोजगारीले निम्त्याएको समस्याभएको बताउनुभयो । उहाँले राज्यस्तरबाट सञ्चालितआवास गृह नहुदाँ हिंसामा परेकाहरुलाई तत्कालव्यवस्थापन गर्न निजि संघसंस्थालाई नै गुहार्नुपर्ने अवस्था रहेको बताउनुभयो । लैगिंक हिंसाप्रभावितलाई तत्कालव्यवस्थापन गर्न राहत कोषको व्यवस्थाहुनुपर्नेमा जोड दिनुभयो । श्रीमानश्रीमतीबीचमादैनिकहुने घरझगडा र कलहको शिकार बच्चाहरु भईरहेको र बच्चाहरु डिप्रेसनमागई आत्महत्याको बाटो रोज्ने गरेको उहाँको भनाई छ ।

भरतपुर महानगरपालिकाकार्यपालिका सदस्यनिशा परियारले हिसाविरोधीअभियान निरन्तर भइरहेपनिअवस्थानसुध्रेको बतायनुभयो । व्यक्ति परिवार र समाजजिम्मेवार नहुदाँसम्म समस्या जटिल भइरहने भन्दै उहाँले स्थानीयतह वडा देखि पालिका सम्म बनेका न्यायिक संयन्त्रतथा समितिहरुले समितीको उद्धे्रश्य अनुरुपकाम गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेका समितीमा बाटो र गा्रभेलको कुरा र तिनै संग जोडिएका झगडा मात्रआउने गरेको यहँको भनाई थियो । अधिबक्ता रामकृष्ण अधिकारीले पदीय दुरुपयोग र राजनीतिकदम्भ नछुटेसम्म चुनौतीआइरहने बताउनुभयो ।अधिवक्ता उद्धव लोहनीले प्रहरीलाइृ तटस्थ भएर अनुसन्धान गर्न नदिदाँ मुद्धा फितलो हुने र अपराधमा राजनीतिमिसिदाँ दोषीउम्कने खतरा रहेको बताउनुभयो । महिलाअधिकारकर्मी संगिता भट्टराईले आत्महत्याको दर बढ्नुमापहिलो दोष अभिभावकको भएको भन्दै विद्यालय स्तरमा सामाजिकजागरण, नैतिकता र संस्कार सिकाउन जरुरी भएको बताउनुभयो । संस्थाकाअध्यक्षउषा खरेल सुवेदीको अध्यक्षमा सम्पन्न सो कार्यक्रममापत्रकार शान्ताअधिकारी, आदर्श नारी क्लिनीकतथा स्वास्थ्य परामर्श केन्द्रकाव्यवस्थापक सुरेन्द्र धिताल, सामुदायिक सेवा केन्द्र नारायणगढका सहकोषाध्यक्षएवं लागुऔषधदुव्र्यसनिविरुद्धको अभियानका संयोजक नारायण सुवाललगायतले बोल्नुभएको थियो ।

३३ बर्षदखिमहिलाबालबालिकाको क्षेत्रमाअनवरत आदर्श नारीले मानवअधिकार, महिलाअधिकार र बालअधिकार, मानवबेचविखन नियन्त्रण, पुर्नस्थापना, वित्तियव्यवस्थापन , ससस्त्र द्धन्द्धप्रभावित महिलाका सवाल , शिक्षा, स्वास्थ्य र सीपमुलकतालिम संगै ससक्तिकरणका अभियानमाअनुभव बटुलिसकेको छ । यस संस्थाले हालसम्म हिंसामा परेका ६ हजार बढीको न्यायिकप्रकृयामा सघाएको छ भने । ११ सय ८२ जनालाई प्रत्यक्ष उद्धार संरक्षण, विकास र न्यायिकपहुँचमा पुर्याई उनीहरुलाई आत्मनिर्भर र सवलबनाउन सक्षमभएको छ ।
हाल२९ जनाआदर्श गृह नेपालमासरक्षित छन् ।