अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय सम्मेलन आज चितवनमा ।

चितवन/अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय सम्मेलन आज चितवनमा हुँदैं छ । सम्मेलन अघि र्यालीको तयारी भईरहेको सम्मेलन आयोजक समिति संयोजक श्याम सीले बताएका छन् । आइतबार साँझ चितवनको चौबीस कोटीमा आयोजित बाइक र्याली पछिको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जेठ १५ गते चितवनको नारायनगढमा हुने महासंघको आठौं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिएको बाइक र्याली चौबीस कोठी, पुलचोक, पोखरा बसपार्क, आँपटारी, भरतपुर बसपार्क हुँदै पुनः चौबीस कोठीमा पुगेर कोण सभामा परिणत भएको थियो । महासंघको राष्ट्रिय सम्मेलन हुनुअघि जिल्ला महासंघ र पेशागत संघका भेला र सम्मेलन अन्र्तगत ट्रेड युनियन महासंघभित्र ११ ओटा पेशागत संघ आबद्ध छन् तत्काल चार ओटा पेसागत संघका राष्ट्रिय भेला सम्पन्न भएका छन् भने मजदुर बाहुल्यता भएका जिल्लाहरुमा पनि जिल्ला महासंघका भेला तथा सम्मेलन सम्पन्न भएका छन् ।

सम्मेलन तथा भेला भएका जिल्लाहरु कन्चनपुर, कैलाली, बर्दिया, दाङ, रोल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन, मकवानपुर, म्याग्दी, पर्वत, काठमाडौँ, ललितपुर, कास्की काभ्रे, स्याङ्जा, नवलपुर, बारा, पर्सा, रौतहट, झापा, इलाम, रहेका छन् । इलाममा चिया बगान मजदुरको इकाई सम्मेलन भएको बताइएको छ ।
महासंघको राष्ट्रिय सम्मेलन चितवन जिल्ला भरतपुर महानगरपालिकाको नारायणगढस्थित उद्योग वाणिज्य संघको परिसरमा हुने पनि जानकारी गराइएको छ ।

सम्मेलनको नेकपाका स्थायी सदस्य बिषमले अहिले दुई बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । अहिले १ बजेबाट महासंघको र्याली बिरेन्द्र क्याम्पसबाट शुरु हुने नेकपाका स्थायीसमिती सदस्य एवं महासंका फ्रयाक्शन ईन्चाज अनिल सीले जानकारी दिए ।