‘निःशुल्क पशु स्वास्थ्य शिविर’ सफलतापूर्वक सम्पन्न!

रोटरी क्लब अफ भरतपुर, रोटर्‍याक्ट क्लब अफ भरतपुर, रोटर्‍याक्ट क्लब अफ भरतपुर हाईट र इन्टरनेशनल भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन रामपुरसँग माडी नगरपालिका वडा नम्बर २ मा ‘निःशुल्क पशु स्वास्थ्य शिविर’ सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा १४५ कृषकहरूको ३८५ वटा जनावरहरूको उपचार सफल भएको थियो, जसमध्ये ७२ भैंसी र गाई, २१७ बाख्रा, ४८ कुकुर र बाँकी सुँगुर र कुखुराहरू थिए। उनीहरूलाई नि:शुल्क स्वास्थ्य परीक्षण र उपचारहरू जस्तै गर्भावस्था निदान, सीएमटी र फेकल परीक्षण, मेडियल पटेलर डेस्मोटोमी, खोप, कास्ट्रेसन र अन्य सेवाहरू प्रदान गरियो जुन त्यस क्षेत्रका किसानहरूलाई यस अवस्थामा धेरै आवश्यक थियो।

कार्यक्रममा प्रमुख अतिथि श्री दण्डपानी पौडेल (वडाध्यक्ष, माडी नगरपालिका वडा नं. ०२) का साथै डा. रेबन्त कुमार भट्टराई, डा. सुरेन्द्र प्रकाश कानु, डा. रविन बस्ताकोटी, डा. सन्देश पौडेलको, डा. आस्था बुढाथोकीको विज्ञ टोलीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रम रो. विमल कुमार क्षेत्रीको अध्यक्षतामा सफल भएको थियो।