बालबालिकालाई आतंकित नबनाऔं।

चितवन/गत वैशाख ३० गते चितवनको ददेरीस्थित स्मल हेभन बोडिङ स्कुलका विद्यार्थी लिन गएको बसमा केही अज्ञात समूहले पेट्रोल बम हानेर आगो लगाइदिए ।
६ जनाको समूहले पेट्रोल बम हानेको समाचार आयो, ती को थिए ? यस बारेमा अनुसन्धान भइरहेको छ, प्रष्ट छैन । उनीहरुले चालक, सहचालकलाई बसबाट निकालेर बम हाने । बस पूर्ण रूपमा जलेको छ ।

यो बम किन र कसले हान्यो, यस प्रकारको आतङ्क किन फैलाइयो ? भन्ने प्रष्ट नभएपनि चन्दा आतंककै बिज्ञापनको रुपमा यो आक्रमण भएको जानकारहरु बताउँछन् । तर बैध निकट क्रान्तिकारीले निकालेको बिज्ञप्तीमा भने निजीकरण र ब्यापारीकरणको कुरा उठान भएको छ । स्मल हेभन स्कूलका केही कम्जोरी औंल्याईएको छ । जे जस्तो आरोप र बाहाना बनाएपनि अहिलेको अवस्थामा आगजनी गर्ने कार्य त्यो पनि स्कूल बसमाथी सर्बथा निन्दनिय र भर्तस्नायोग्य छ । जुन घटनाबारे स्थानिय पालिकाले बिरोध जनाएपनि सरकार अझैं मौन छ ।

बसमाथीको बम आक्रमणमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको भातृसस्था (अनेरास्ववियु क्रान्तिकारी) को संलग्नता रहेको भनिएको छ । क्रान्तिकारीका चितवन अध्यक्ष सुमनाले विज्ञप्ति निकालेर घटना आफूहरूले गराएको उल्लेख गरेका छन् । विज्ञप्तिमा स्कुलले चर्को शुल्क असुलेको, अभिभावकहरूलाई शोषण गर्दै आएको थाहाँ पाएपछि पटक पटक चेतावनी दिँदा समेत प्रवाह नगरिएकोले चेतावनी स्वरूप बसमाथि आगजनी गरिएको भनिएको छ ।

राज्यबिरुद्ध बिद्रोह नगरेको र अहिलेको यहि ब्यबस्थामा शान्तीपूर्ण राजनिती गर्ने समूहले यो प्रकारको स्कुलबसमाथी बम प्रहार गर्नुले बैद्य माओवादीले आफ्नो राजनीतिक अस्तित्व देखाउन नै बम हानिएको हुनसक्छ । स–साना बालबालिका चढ्ने र स्कूल जाने बसमा आगजनी गरेर व्यवस्थापन पक्षलाई चेतावनी हुन्छ कि देशको कर्णधार मानिएका बालबालिकामाथि असर पर्छ, क्रान्तिकारी राजनीति गर्ने पार्टी र नेताहरूले बुझ्नुपर्छ कि पर्दैन ? यस्ले अर्थतन्त्र टाट पल्टिन लागीसकेको मुलुकको पर्यटन क्षेत्रमा कस्तो असर पर्छ त्यो नेतृत्वले सोच्नुपर्छ ।

राजनीति गर्नु, चर्को शुल्क लिए अथवा कुनै सुधार गर्नुपर्ने भए सरकारलाई खबरदारी गर्नु पर्ने वा आन्दोलनका अरु नै प्रचारत्मक तरिका अपनाउनु पर्नेमा बालबालिकालाई आतंकित पार्ने कार्य कस्तो राजनीति हो ? अहिले धेरैले प्रश्न गरेका छन् । राजनीतिक शक्तिले राजनीतिक रूपमा आफ्ना लक्ष्य हासिल गर्ने प्रयास गर्नु पर्नेमा चन्दा र अस्तीत्व देखाउनकै लागी फेरि किन बम, बिस्फोट, आगजनी, आतंकको राजनीति सुरू गरेको हो ?

यर्सथ, बैध माओवादीका नेताहरुले कि त यो सरकार बिरुद्ध बिद्रोहको धावा बोली क्रान्तीको शंखघोष गर्न सक्नुपर्दछ अन्यथा चन्दा असुली र अस्तीत्व देखाउन गरिने बिज्ञापनरुपी येस्ता आतंकको कुनै तुक छैन् । अत्ः गलत राजनितीको धन्धा अब बन्द गरौं ।