मेयर रेनुको पहलमा भरतपुरमा बिकासको बाढी !
चितवन/भरतपुर महानगरपालिकामा मेयर रेनु दाहालको नेतृत्वमा बिकासको लहर बढिरहेको छ । मेयर रेनु दाहालको नेतृत्वमा महानगरभर दर्जनौं परियोजनाहरु सञ्चालन भईरहेका छन् । कतिपय योजनाहरु सम्पन्न भई सञ्चालनमा आईसकेका छन् भने कयौं योजनाहरुनिर्माणाधिन अवस्थामा छन् ।
भरतपुरमा रेनु दाहालले नेतृत्व सम्हालेयता यो क्षेत्रको बिकासमा उल्लेख्नीय उपलब्धि हासील भईरहेको हो ।
यहि क्रममा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायाणी नदीमा बन्ने सिग्नेचर पुलको शिलन्यास गर्नुभएको छ । भरतपुरमा सिटी हल, गोन्द्राङ्ग पुलचोक ६ लेन सडक निर्माण तिब्र गतिमा भईरहेको छ ।
बाईपास सडक निर्माण, देवघाट ठिमुरा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आईसकेको छ । यहि हप्ताभित्र मात्र भरतपुरको देवनगर सबस्टेसन सञ्चालनमा आईसकेको छ । माडी–ठोरी जोड्ने वैकल्पिक केरुङ्ग खोला पुलको उद्घाटन भईसकेको छ ।
हजारौं किलोमिटर सडक सञ्जाल पिच, मोज्याक र ग्राभेलिङ्गको कामहरु भईरहेका छन् । सबैभन्दा समस्याको रुपमा रहेको डुबान र ढल निर्माणको काम भईरहेको छ । नारायाणी तटबन्धको ठुलो परियोजना सम्पन्न भईरहेको छ ।
अरु सानातिना थुप्रैं योजनाहरु दैंनिक निर्माण तिब्र गतिमा भईरहेको छ र कयौं सम्पन्न भईसकेका छन् । महानगरको आफ्नै प्रशासनिक भवन निर्माण अन्तिम चरणतिर गईरहेको छ ।
यसरी हेर्दा महानगरमा मेयर रेनु दाहालको नेतृत्वमा बिकासको बाढी नै आएको छ । भन्नेहरुले जे जे भनेपनि रेनु दाहालकै कुशल नेतृत्व क्षमता, अथक मेहनत र पहलकदमीमा यो बिकास सम्भव भएको हो ।
मेयर रेनुको बिकासवादी सोंच र कार्यलाई सबैले सहयोग र सलाम गर्नुपर्दछ । राम्रो काम जुनसुकै दल वा नेताले गरेपनि सहयोग गर्नु हरेक असल एवं देशभक्त नेपालीको अहम दायीत्व हो । अत्ः अझै बिकास र जनहितमा लाग्न मेयर रेनुलाई हामी जनताको तर्फबाट अनुरोध गर्दैं एक हप्ता यता भरतपुर महानगरमा निर्माण सम्पन्न केही बिकासका योजनाहरु बारे जानकारी पेश गर्दछौं ।
भरतपुरको देवनगर सबस्टेसन सञ्चालनमा
चितवन/चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३÷११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । कूल २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी गत् बिहीबार रातिदेखि चार्ज गरिएको हो ।
भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पु¥याइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे नौ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ ।
उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार वटा फिडर रहेका छन् । देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फूलबारी, गीतानगर, पटिहानी, सीतामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुनेछ ।
उक्त क्षेत्रमा गार्हस्थ ग्राहकका अतिरिक्त ठूलो सङ्ख्यामा सिँचाइ र होटलका ग्राहक रहेका छन् । नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत रु नौ करोड ५० लाख रहेको आयोजना प्रमुख सङ्गीता कार्कीले जानकारी दिनुभयो ।
आयोजना प्रमुख कार्कीले सबस्टेसन तयार भए तापनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको उल्लेख गर्नुभयो । कार्कीले भन्नुभयो, “कोभिड–१९ महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानु गर्ने र त्यसका लागि सङ्क्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भयो ।”
सङ्क्षित वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरी लाइन निर्माण गत फागुदेखि निर्माण सुरु गरिएको थियो । तर, लाइन निर्माणमा केही स्थानीयबाट अवरोध सुरु भएपछि निर्माण रोकिएको थियो । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, सम्बन्धित वडाध्यक्षलगायत न्यून भोल्टेज विद्युत् आपूर्तिको समस्या भोगिरहेका होटल व्यवसायी, सिँचाइका उपभोक्ताहरु, आयोजना व्यवस्थापन, सुरक्षाकर्मीको पहलमा अवरोध हटाइएको थियो ।
माडी–ठोरी जोड्ने वैकल्पिक केरुङ्ग खोला पुलको उद्घाटन
चितवन/माडी–ठोरी जोड्ने वैकल्पिक पुलको उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ केरुङ्ग खोलामा बनेकोे पुलको उद्घाटन गरिएको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
प्रदेश सरकारको रु ७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाई र फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा रहेको छ । वि.सं. २०७९ साल चैत १९ गते सम्झौता भई निर्माण सुरु भएको पुल म्याद सकिन भन्दा ६ महिना अगाडि निर्माण सम्पन्न छ ।
कार्यक्रममा बोल्दै पूर्वाधार मन्त्री दुलालले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी विकास निर्माणमा प्रदेश सरकार लागि परेको बताउनुभयो । जनतालाई विकास दिन प्रदेश सरकार तत्पर रहेको उहाँको भनाई छ । बजेट अभावका कारण प्रदेश सरकारले जनताको अपेक्षाअनुसार योजनाहरु बढाउन नसकेकोे उल्लेख गर्नुभयो ।
पुलले भरतपुर २३ र २४ नम्बरलाई जोडेको छ । कार्यक्रममा पुल निर्माण गर्ने निर्माण कम्पनी केबिसी बिल्डर्स कम्पनी लिमिटेडका प्रमुख कुमार आचार्यलाई सम्मान गरिएको छ । पुल निर्माणको निर्धारित मितिभन्दा अगाडि निर्माण सम्पन्न गरेको भन्दै सम्मान गरिएको हो । निर्माण कम्पनीले समयमै निर्माण कार्य पुरा नगर्ने समस्या रहेका समयमा ६ महिना अघि निर्माण सम्पन्न गरी उदाहरणीय काम गरेको छ । कम्पनीले भरतपुरमा रहेका आयोजनाहरुको भौतिक प्रगति छिटो गरेको पाइन्छ ।
भरतपुर महानगरमा पनि चल्यो ब्रुमर
चितवन/भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर (धूलो बढार्ने मेसिन) सञ्चालन गरेको छ । महानगर प्रमुख रेणु दाहालले भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न थालिएको जानकारी दिइन् ।
सडकमा ब्रुमर चलेको तस्बिरसहित प्रमुख दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्–निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइ लाई ध्यान दिनेछ ।
नारायणी नदीमा सिग्नेचर पुलको प्रधानमन्त्री दाहालले गरे शिलान्यास
चितवन/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमा बन्न लागेको नयाँ पुल ‘सिग्नेचर ब्रिज’को शिलान्यास गरेका छन् ।
सोमबार विहान चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा नेपालकै पहिलो सिग्नेचर पुलको प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् । प्रचण्डले जग पूजासंगै शिलालेख अनावरण गरेका थिए । सो क्रममा बोल्दै प्रधानमन्त्री दाहालले सम्झौता अनुसार निर्धारित समयमै पुल निर्माण हुनेमा विश्वास व्यक्त गरे । चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको सिग्नेचर ब्रिज आकर्षक हुने बताइएको छ ।
अत्याधुनिक प्रविधिमा आधारित यो पुल केबलस्टेड ब्रिज शैलीमा आधारित रहेर बन्नेछ । अहिले रहेको नारायणी नदीको पुल भन्दा उत्तर तर्फ सो पुल निर्माण हुने छ । चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । करिब १ अर्ब ६८ करोड नेपाली रुपैयाँ बराबरको लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा श्री तुँदी कन्स्ट्रक्सन प्रा.लि. सँग ठेक्का सम्झौता गरिएको छ ।
ठेक्का सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने छ । हाल भएको नारायणी नदीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम सुरु हुन लागेको छ । नारायणी नदी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको थियो ।