नारायणी पुलमा ट्राफिक आतंकले सिमा नाघ्दैं ।

अबैंध असुली नरोकिए चितवनका ब्यबसायी आन्दोलनमा उत्रने तयारीमा ।

चितवन/नारायणी पुलमा बसेर चेकिङ्गको नाममा अबैध असुली धन्धा सञ्चालन गर्दै ट्राफिक प्रहरीले आतंक नै मच्चाईरहेको आम ब्यबसायीहरुले गुनासो गरेका छन् ।ब्यबसायीहरुका अनुसार ट्राफिक प्रहरीका सई दामोदर मल्ल आफैले पैसा माग्ने गरेका हुन् । माथी बुझाउनुपर्छ भन्दै सई मल्ले नारायणीको ग्रयाभेल बोक्ने टिप्पर, टेक्टर लगाएतका सवारीधनीसँग रकम असुलीरहेको एक ब्यबसायीले जानकारी दिए।

आफुले काम गरेको केही कमाई ट्राफिक ब्यस्थापनलाई सहजै होला भनेर दिदा त् झन पटकैपिछ्छे माग्ने, दिएन भनेर गाडी नै रोकेर राखिदिने, बिना कम्जोरी गाडीको कागजपत्र खोसेर राखीदिने गरेको अर्का एक ब्यबसायीले दुखेसो पोखे । यसैबिच यस बिषयमा बुझ्न खोज्दा सई मल्लसँग सम्पर्क हुन सकेन ।

यता ईलाका प्रहरी कार्यलयका प्रमुख हस्त बहादुर बिकले आफुले यस बिषयमा बुझिरहेको भन्दै गलत कार्य भएको पाईएमा जिल्लाा रिर्पोट गर्ने बताए । उता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अच्युत आचार्यले चेकिगंको नाममा असुली गर्ने ट्राफिकहरुको सुक्ष्म अनुसन्धान गरी आवश्यक कार्बाही गरिने बताए ।

स्मरण रहोस् जिल्ला ट्राफिक प्रमुख आचार्यले मल्लको गतिबिधीको निगरानी गर्ने बताएपनि प्रदेश ट्राफिक प्रमुखकै ईच्छा र बलमा मल्लले असुली गरिरहेकाले त्यति सजिलै मल्लको गतिबिधी नरोकिने स्वयं ट्राफिक प्रहरी बृतमा चर्चा छ ।

त्यस्तै नारायणी पुलको मुखैमा ट्राफिक चेकिगं गर्दा दुर्घटना बढ्ने र पुरानो भईसकेको पुलमा चेकिगंको क्रममा सवारी जाम हुँदा थप जोखिम भईरहेको भएपनि ट्राफिक प्रहरीले अबैध असुलीकै लागी पुलको मुखमा चेकिगं गरिरहेको बुझिन्छ । जुन कार्य सच्थाउनको लागी ब्यापक जनदबाब दिन जरुरी देखिन्छ ।

अबैंध असुली नरोकिए चितवनका ब्यबसायी आन्दोलनमा उत्रने तयारीमा ।

चितवन/चितवनमा ट्राफिक प्रहरीको सेण्डिगेट र आतंक बढ्दै गएको भन्दै ब्यबसायीहरु आन्दोलनमा उत्रने मनस्थितीमा पुगेका छन् । जिल्लामा ट्राफिक ब्यबस्थापनमा जोड दिनुपर्ने ट्राफिक प्रहरीले नियम बिपरित सेण्डिकेट लगाउन खोजेको भन्दै आन्दोलनको तयारीमा पुगेका हुन् ।

जिल्लामा अन्य स्थानबाट आउने सवारीहरु निर्वाद चल्न पाउने नियम बिपरित ट्राफिक अबैध असुलीको सेटिङ्गमा लाग्दा बजार एवं सडक क्षेत्र अस्तब्यस्त हुनुका साथै ब्यबसायीहरु आतंकित बन्न पुगेको ब्यबसायीहरुको गुनासो छ । जिल्ला ट्राफिकको शैलीले जिल्लाका यातायात ब्यबसायीहरु आतंकित बन्न पुगेकोले प्रमुखको यस्तो गैरब्यबसायिक हर्कत नरोकिएमा सडक आन्दोलनमा जानुको बिकल्प नरहेको स्वंय पिडीत ब्यबसायीहरुले बताएका छन् ।

ट्राफिक प्रमुख सुर्य सुबेदीले जिल्लामा चल्ने सार्बजनिक यात्रुबाहक सवारीका साधनहरुलाई आफ्नो स्वार्थअनुकुल सेण्डिगेट लगाउदै जरिवानाको रुपमा दिनभरको कमाई नै हडप्न थालेको भन्दै ब्यबसायीहरु बिरोधमा उत्रिएका हुन् ।सोमबार प्रधानमन्त्रीको सवारीको बाहना बनाउदै जिल्ला ट्राफिक कार्यालयले बिरगंज नारायणगढ चल्ने एक सवारीलाई दिनभर राखी उनीहरुको कमाई नै हडपेको बुझिन आएको छ ।

त्यस्तै एउटै कशुरमा ३ थरी सजाए दिएको पनि बुझिएको छ । ब्यबसायीहरुले आफुहरु नियमअनुसार चल्न पाउने भन्दै नजराना नबुझाएको आधारमा पक्षपाती ब्यबहार आफुहरुलाई सह्ैय नहुने जनाएका छन् । नेपाल यातायात ब्यबसायी कपिल पाण्डेका अनुसार जिल्ला ट्राफिकले ठूला र पहुँच भएका समिती तथा ब्यबसायीलाई एउटा पहुँच नभएकालाई अर्को ब्यबहार गर्नुको साथै असुली कार्य समेत भईरहेको ब्यबसायीहरुको गुनासो आईरहेकाले ट्राफिक प्रहरीको ब्यबहार नसुध्रिएमा आन्दोलन नै गर्ने बताए ।

अर्का ब्यबसायी नेपाल यातायात ब्यबसायी महासंघका उपाध्यक्ष भुवन बरालले यो मन्दिमा ब्यबसायीलाई दुःख दिई असुली गर्नु गलत भएको भन्दै नारायणी पुल जिर्ण भईसकेकाले पुलको मुखमा दुबैतर्फ हुने प्रहरी चेकिगं बन्द गर्नुपर्नेमा जोड दिए ।

लाईसेन्समा समेत घोटला ।
ट्राफिकसहितको मिलेमतोमा चितवनको यातयात कार्यलयका केही कर्मचारीको समेत संम्लग्नतामा सवारी लाईसन्सेसमा ब्यापक घुसखोरी भइरहेको खुल्नमा आएको छ ।

केही दलेहरु, यातायात कार्यालय भरतपुरका केही भ्रष्ट कर्मचारी र ट्राफिक प्रहरीसहितको मिलेमतोमा पास भएकालाई पनि फेल गराउने र फेल भएकालाई पनि रु ३० हजारसम्म रकम लिई फेल भएकालाई पनि पास गराउने खेलो भईरहेको खुल्नमा आएको छ । अत्ः आम ब्यबसायी र सर्बसाधरणलाई नियमको डण्डा चलाई दुःख दिने कार्य तत्काल रोकिनुपर्दछ ।

यसैबिच, ट्राफिक प्रमुख सुबेदीलाई नेपाल सरकारले रुटपरमिट प्रदान गरी नियम समम्त सञ्चालित सवारीहरुलाई सेण्डिकेट लगाउन मिल्छ भन्ने प्रश्नमा उनले आफुहरुले त्यस्तो नगरेको बताए । उनले कहिकतै केही कमीकम्जोरी भए सच्चयाउने प्रतिबद्धता गरे । आजको भण्डाफोर अभियानबाट