ड्राइभिङ स्कुल संघ नेपालमा गुरूङ निर्वाचित

भरतपुर/ड्राइभिङ स्कुल संघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरूङ निर्वाचित भएका छन् । भरतपुरमा सम्पन्न पाँचौँ महाधिवेशनबाट अध्यक्षमा गुरूङ निर्विरोध निर्वाचित भएका हुन् ।

गुरूङ स्किल ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालिका सञ्चालक एवं संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले यसपटकको नेतृत्व चितवनले पाउनुपर्ने भन्दै छलफल तीव्र बनाएपछि निर्विरोध हुन सफल भएको महाधिवेशन संयोजक राजाराम परियारले जानकारी दिए ।

गुरूङ यसअघि तत्कालीन नारायणी ड्राइभिङ स्कुल व्यवसायी संघको सल्लाहकार, ड्राइभिङ स्कुल संघ नेपालको केन्द्रीय सदस्य एवं केन्द्रीय उपाध्यक्ष भई काम गरिसकेका छन् । महाधिवेशनले गुरूङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद घिमिरे ९कोशी०, उपाध्यक्षहरुमा बाबुराम प्रधान ९कोशी०, महेश पौडेल ९बागमती०, महासचिवमा गोविन्दप्रसाद ढकाल ९लुम्बिनी०, सचिवहरु धनबहादुर अधिकारी ९लुम्बिनी०, विष्णुप्रसाद पोखरेल ९गण्डकी० एवं कोषाध्यक्षमा विश्वकुमार माकाजु ९गण्डकी० निर्वाचित भएको निर्वाचन समिति संयोजक अनिल गजुरेलले जानकारी दिए ।

यस्तै, सदस्यहरुमा चेतभक्त पौडेल ९गण्डकी०, खुमराज खड्का ९लुम्बिनी०, हरि ढकाल ९बागमती०, दीपनारायण साह ९जनकपुर०, वीरेन्द्रराज भूर्तेल ९गण्डकी०, साधुराम थापा ९मोरङ०, नैनबहादुर विष्ट ९कैलाली०, गीता अर्याल पन्त ९लुम्बिनी०, सुरज सिवाकोटी ९कैलाली०, अनन्त घिमिरे ९मोरङ०, भूपेन्द्रबहादुर थापा ९सुनसरी० र अर्जुन केसी ९नवलपुर० निर्वाचित भएका छन् ।

ड्राइभिङ स्कुल संघ नेपालको ३० सदस्यीय कार्यसमिति रहने विधानअनुसार बाँकी सदस्य पछि थप गरिने नवनिर्वाचित अध्यक्ष गुरूङले जानकारी दिए । उनले आफूलाई विश्वास गरेर सर्वसम्मत निर्वाचित गराएकोमा सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद दिँदै व्यावसायिक हकहितका लागि आफूले जुनसुकै काम गर्नको लागि तयार रहेको बताए । निर्वाचित नयाँ कार्यसमितिले शनिबार राति नै पद तथा गोपनीयताको शपथग्रहण गरिसकेका छन् । महाधिवेशनको उद्घाटन नेपाल सरकारका भौतिक योजना तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाले गरेका थिए ।