हंस बहुउद्देश्यीय सहकारीको २० औं वार्षिक साधारण सभा शुरु

हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो २० औं वार्षिक साधारण सभाको विजयनगर सेवाकेन्द्र अर्न्तगतका शेयर सदस्यहरूको इकाइ वैठक शनिबार सम्पन्न गरेको छ। नारायणघाट, जितपुर मेघौली र विजयनगरमा सेवा केन्द्र सञ्चालन गरेको सहकारीले इकाइ बैठक गर्दै साधारण सभाको सुरूवात गरेको हो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले हंसले आर्थिक कारोबारका साथै सामाजिक सेवाका कार्य र उत्पादनका क्षेत्रमा समेत लगानी गरी राज्यलाई सहयोग पु¥याउदै आएकोमा प्रशंसा गरेका थिए। प्रमुख अतिथी हमालले करिव १० वर्ष अघि विजयनगरमा सेवाकेन्द्र स्थापना गरेको हंस सहकारीले स्थानीयको मन जित्न सकेको वताउँदै भरतपुर १६ र आसपासका मानिसहरुले हंस सहकारीलाई विश्वास गर्ने अवस्था सृजना भएको वताय । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले सहकारीमा धेरै रकम रहेकाले यसको सहि सदुपयोग गर्नुपर्ने वताए। उनले सहकारीले बचत तथा ऋण मात्रै भन्दा पनि अन्य आयमुलक वहुउदेश्यीय कार्यक्रममा जोड दिएको वताए, उनले हंस सहकारीले गर्दा विजयनगरमा उद्यमसिलता र आयआर्जनको वातावरण सृजना भएको वताउँदै सहकारीमा ढुक्क भएर कारोवार गर्न स्थानीयलाई आग्रह गरे । संस्था समुदायबाट अलग रहन नसक्ने भन्दै उनले समुदायको सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा पनि काम गर्दै आएको उनले जानकारी दिए ।
संस्थाले नाफाको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्दै आएको उनले बताए । संस्थाको उदेश्य नाफा मात्र कमाउनु नरहेको भन्दै उनले सदस्यहरुको दुःख सुखको साथी बन्न पाउनु नै मुख्य उपलब्धी रहेको र संस्थाले कति नाफा कमायो भन्दा पनि सदस्यलाई कति सेवा दिन सकियो यो महत्वपूर्ण भएको वताए। २०५६ सालमा स्थापना भइ निस्कृय रूपमा रहेको सहकारीलाइ २०६७ सालमा १५३ जना शेयर सदस्यहरूको सहभागिता जुटाइ सञ्चालक समसतिको नेतृत्वले यसलाइ सञ्चालनमा ल्याइको सहकारीका सचिव शारदा शर्मा पौडेलले वताइन। हाल सस्थामा ४ हजार ६ सय २७ जना शेयर सदस्यहरू रहेको र हाल सस्थामा चुक्ता पुँजी १० करोड २३ लाख ७८ हजार, जगेडा कोष ५ करोड ९२ लाख ५५ हजार,कुल सम्पती (वासलात) ८६ करोड ८ड लाख ७९ हजार, कुल निक्षेप ६० करोड ८४ लाख २० हजार, कुल लगानीमा रहेको ऋण ६२ करोड ७२ लाख २२ हजार,कुल शेयर लगानी २१ लाख ६७ हजार,कुल आय १२ करोड ०१ लाख ६९ हजार, कुल व्यव ९ करोड ८ लाख ४४ हजार, कुल सञ्चालन मुनाफा २ करोड ९३ लाख २५ हजार रहेको सहकारीका व्यवस्थापक नारायण सापकोटाले जानकारी दिय ।

साथै त्यसै गरी सस्थाको नाममा वेलचोक नारायणघाटमा जमिन,जितपुर मेघैलीमा भवन सहितको जमिन साथै नारायणघाटमा अर्को र विजयनगरमा भवन सहितको जमिन र सेवा केन्द्रहरु रहेको उनले वताए। कार्यक्रममा सस्थाको १४ औं वाषिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरूलाइ सम्मान गरीएको थियो। सम्मानित हुनेहरूमा उत्कृष्ट मासिक वचतकर्ताहरू भिमप्रसाद सापकोटा, शेषकान्त ज्ञवाली, फुलकुमारी महतो, उत्कृष्ट अवधिक वचतकर्ताहरू बिष्णुमाया गुरूङ, झलकराज पौडेल, उत्कृष्ट दैनिक वचतकर्ता देवीमाया गिरी उत्कृष्ट नारी वचतकर्ताहरूजीवन कुमारी महतो,प्रितिमाया गुरूङ, उत्कृष्ट जेष्ठ नागरीक वचतकर्ताहरू मुक्तीप्रसाद ओझा, सिउराज महतो, उत्कृष्ट दैनिक वचतकर्ताहरू प्रेमबाहादुर थारू, अजय चैधरी तथा उत्कृष्ट सस्थागत वचतकर्ता विजयनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती, उत्कृष्ट खुत्रुके वचतकर्ताहरूविनिता चौधरी, मधुसुदन दवाडी, उत्कृष्ट वाल वचतकर्ता हेन्सल महतो उत्कृष्ट ऋणीहरू तेजमाया घले,वुध्दी वाहादुर वि क,दिलवाहादुर वि क र धर्मराज महतोलाइ सम्मान गरीएको थियो।

संस्थाका अध्यक्ष दिनेसकुमार चुकेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।भने लेखा समितिका संयोजक गोविन्द पौडेल, हंस बहुउदेश्यीय सहकारी संस्था विजयनगर सेवाकेन्द्रका संयोजक ध्रुवकुमार ओझा, विजयनगर बजार व्यवस्थापन समितिका अध्यक्ष कुवेर पाख्रिन, विजय टोल विकास सस्थाका अध्यक्ष हरिश्चन्द्र लामिछाने लगायतले मन्तव्य राखेका थिए ।