चितवनमा सयपत्री फूलको मूल्य निर्धारणः प्रति माला रु. १००, किलोको ५००
चितवन/नेपालीहरुको दोस्रो महान चाड तिहारलाइ लक्षित गरी चितवनमा सयपत्री फूलको मूल्य निर्धारण गरिएको छ । सयपत्री फूलको खुद्रा मूल्य प्रति माला १०० रुपैयाँ र प्रति किलो ५०० रुपैयाँ निर्धारण गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवन ९फ्यान० ले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै फ्यानका अध्यक्ष तेजेन्द्र सापकोटले चितवनमा यस वर्ष ५० विघा क्षेत्रफलमा गरिएको सयपत्री फूल खेतीबाट साढे २ लाख देखि ३ लाखसम्म माला उत्पादन गर्न सकिने बताए ।
‘सजावटमा अत्याधिक माग भएको खण्डमा हाम्रो उत्पादनले नपुग्ने स्थिती छ,’ सापकोटाले भने, ‘तिहारमा मात्रै चितवनमा ४ लाख मालाको आवश्यकता हुने अनुमान गरिएकाले करिब २५ प्रतिशत माला अन्य ठाउँबाट ल्याउनुपर्ने देखिन्छ ।’
यसवर्ष तिहार पछाडि धकेलिएकाले फूलहरु फक्रिसकेका छन् । ‘फूलेका फूलहरु किसानहरुले निकाल्न डराउँदा पुरै फूल फुलिसकेका हुन्,’ उनले भने, ‘छिटो फूलेको फूल टिपेर फाल्दा नयाँ कोपिला धेरै लाग्ने भएकाले फुललाइ १०र१५ दिन पछि धकेल्न सकिन्छ ।’
गतवर्ष चितवनमा ३५ विघामा सयपत्री फूल खेती गरिएको थियो । त्यतिबेला तिहार ढिला भएकाले फूल राम्रोसँग फक्रिन नपाएपछि मालाको हाहाकार भएको सापकोटाले बताए ।