टीकाको उत्तम साइत बिहान ११: २ मिनेटमा
काठमाडौं/बडादसैंको टीकाको उत्तम साइत भोलि बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भोलि बिहान ११ बजेर २ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको हो ।
विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरि मान्यजनको हातबाट देवीको प्रसादका रुपमा टीका लगाउन सकिन्छ ।
टीका लगाइ दिनेले पूर्वमोहडा गर्ने र लगाउनेले पश्चिम फर्केर लगाउँदा उत्तम हुने समितिको भनाइ छ । यसरी टीका लगाउँदा सुख शान्ति र समृद्धि हासिल हुने विश्वास गरिन्छ ।
उत्तम साइतमा टीका लगाउन नपाउनेहरुका लागि देवी विसर्जनको साइत सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर बाधा नहुने र जुनसुकै बेला पनि टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ ।