सरकारी निकायमा ‘घुस’को विगविगी

घट्ना नं १ स् असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे

घट्ना नं २ स् असोज १५ गते चन्द्रागिरि नगरपालिका काठमाडौका असिष्टेन्ट सब इञ्जिनियर विजयलक्ष्मी पन्त २५ हजार घुस सहित पक्राउ

घट्ना नं ३ स् असोज १२ गते भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुस सहित पक्राउ

घट्ना नं ४ स् विष्णुपुर गाउपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव २ लाख रुपैया घुस सहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशन टोलीले विशेष सूचनाका आधारमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाएको हो ।

माथि उल्लेखित घटना प्रतिनिधिमूलक घट्ना मात्रै हुन । मुलुकमा सुशासनको कमी भएको आवाज उठिरहेको बेला यस्ता घटनाहरु दिन दिनै सार्वजनिक हुने गरेका छन । अख्तियारले पछिल्ला दुई महिनामा मात्रै २० जना भन्दा बढि सरकारी कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

तर सरकारी कर्मचारी घुस सहित रंगेहात पक्राउ पर्न थालेपछि त्यस्ता कर्मचारीले बिचौलिया र एजेन्ट मार्फत घुस रकम असुल गरेर अख्तियार लगायतको निकायबाट बच्ने प्रयास गरेको पाइन्छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।