पूर्वी र पश्चिम चितवनबाट आउने स्थानीय सवारीसाधन अब चौबिसकोठीसम्म आउन पाउने !

चितवन/पूर्वी चितवनबाट र पश्चिम चितवनबाट आउने सवारीसाधनहरूलाई चौबिसकोठीसम्म आउन दिइने भएको छ । सडक निर्माणको कार्यले गर्दा अहिलेलाई चौबिसकोठीसम्म मात्र आउन सक्ने भरतपुर महानगरले निर्णय गरेको हो ।

पूर्वचितवनका जनप्रतिनिधि, यातायात व्यवसायी र राजनीतिक दलहरुले पूर्वचितवनबाट आउने सवारीसाधनलाई केन्द्रीय बस पार्कमा नै रोकेर नारायणगढ आउन नदिएको भन्दै विरोध गर्दै आएका थिए ।

भरतपुरकी मेयर रेनु दाहालले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै समग्र महानगर क्षेत्र भित्रका सवारी साधनहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित सरोकारवाला पक्षसमेत रहने गरी गठन भएको प्राविधिक कार्यदलले सुझाव प्रतिवेदन पेस गरे पश्चात सो निर्णय भएको बताएकी छन् ।