कालोबजारी नियन्त्रण गर ।

नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण ब्यापक मात्रमा भईरहेको आम गुनासो बढीरहेको भएपनि अहिलेसम्म नियन्त्रण गर्न खाध बिभाग, जिल्ला प्रशासन, स्थानिय तहहरु कसैले प्रभावकारी अनुगमन शुरु गरेकै छैनन् । राज्यले अनुगमन नगर्दा र गरे पनि प्रभावकारी नगर्दा आम उपभोक्ताहरु मर्कामा परिरहेका छन्।
गुणस्तरहीन खाद्यान्न, मूल्यवृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएको देखिदैन् । नेपाली उपभोक्ता चौतर्फी रुपमा ठगिनु परेको त्यस्तै कालोबजारी पनि भईरहेपनि राज्यका निकायहरुको ध्यान देखिएको छैन् । उनीहरुले गर्ने अनुगमन कर्मकाण्डी हुने गरेको आम मानिसको बुझाई छ ।
अतः नेपालीहरुको मुख्य चाडपर्व तीज, दशैँ, तिहार छठको मौकामा कालोबजारी बढ्ने जोखिम रहेकाले बजार अनुगमनलाई कडाइ गरेर कारबाही प्रभावकारी बनाउनु पर्नेमा हामी आम जनताको तर्फबाट हार्दिक अपिल गर्दछौं ।