इजरायलमा ११९ विद्यार्थीलाई स्थानान्तरणको प्रयास भइरहेको छ: कृषि विश्वविद्यालय

चितवन/चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरु सकुसल रहेकोले स्थानान्तरणको प्रयास भइरहेको जनाएको छ । विश्वविद्यालयकी रजिष्ट्रार प्राध्यापक डा। शारदा थपलियाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा ११९ जना विद्यार्थी सकुसल रहेको जनाएकी हुन् ।

उनले इजरायलमा भएको अतंककारी हमलाको खेद प्रकट गर्दै विश्वविद्यालयबाट २०२३ मा इजरायल गएका ११३ जना र २०२२ मा गएका ६ जना गरी ११९ जना विद्यार्थी सकुसल रहेको जनाएकी छन् ।

उनले विभिन्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरेकी छन् ।