आजदेखी चितवनको नारायणगढमा सुपथ मूल्य पसल सञ्चालनमा।
चितवन/चितवनको नारायणगढमा चार्डपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन कार्यालय चितवनले नेपालीहरुको महान् पर्व दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङले हरेक वर्ष चार्डपर्वमा सुपथ मूल्य पसल सञ्चाल गर्दै आएको छ ।
साल्ट ट्रेडिङ प्रमुख वुद्धिविनोद दाहालका अनुसार सुपथ मूल्य पसलमा ग्राहकहरुले खाद्यान्नका सामान बजारको मुल्य भन्दा सस्तोमा पाउने छन् ।