६० किलो सुन तस्करी प्रकरण : २५ जना पुर्पक्षका लागि थुनामा, एक धरौटीमा रिहा !
काठमाडौं/६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
प्रतिवादी रुक्मिना सुब्बालाई भने पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने अदालतको आदेश छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका २६ जनामध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । २५ प्रतिवादीहरुलाई केन्द्रीय कारागार सुन्धारामा थुनामा पठाइएको स्रोतले जनाएको छ ।
गत साउन २ गते राजस्व अनुसन्धानले पक्राउ गरेका आरोपीहरुलाई सुन तस्करीमा संगठित अपराधमा अनुसन्धान गरी सीआईबीले भदौ ३१ गते मुद्दा दायर गरेको थियो ।