यातायात कार्यालय भरतपुरमा चलिरहेको ब्रम्हलुटको धन्दा कहिलेसम्म?
सांसद रबि लामिछानेको निरिक्षणपछि पनि अवस्था उस्तैं, सांसदको निर्देशन लत्याईयो, टेण्डर आáन देखावटी मात्र, मेडिकल मिलेमतोमै चलाउन गोप्य साँठगाठ ।
सांसद रबि लामिछानेको निरिक्षणपछि पनि अवस्था उस्तैं, सांसदको निर्देशन लत्याईयो, टेण्डर आáन देखावटी मात्र, मेडिकल मिलेमतोमै चलाउन गोप्य साँठगाठ ।
चितवन/यातायात कार्यालय भरतपुरमा ब्रम्हलुटको धन्दा चलिरहेको महिनौं भईसकेको छ । बिभिन्न नाम वा बहानामा लिने शुल्क अति एवं अबैध रहेको भएपनि यस बिषयमा जिल्लाका जनप्रतिनिधीहरु समेत तैं चुप मै चुप भई बसिरहेका छन् । कार्यलयले निरोगिताको प्रमाणपत्र(मेडिकल गर्ने) दिने नाममा बिचौलिया एवं ब्यबसायी मार्फत ब्यापक लुटपाट मच्चाईरहेको हो ।
अनुगमन गर्ने ठेक्का पाएका प्रशासन, स्थानिय तह लगाएत राजनितीक दल नामका ठेकेदारहरु पनि जनता लुटिरहेको मजा लिदै मुकदर्शक भई बसिरहेका छन् । सेवाग्राहीलाई सामान्य प्रश्न सोधेर रेडिमेट पेपरमा लेखाई हस्ताक्षर गर्ने निरोगिताको प्रमाणपत्र दिएबापत भरतपुर यातायात कार्यालय छेउमै स्टल राखेका व्यवसायीसँगको मिलीभगतमा सेवाग्राहीसँग ३५० रुपैयाँसम्म असुल्ने अबैंध धन्धा चलिरहेको महिनौ भईसक्दापनि यस बिषयमा जिल्लाका जानेमाने हर्ताकर्ताको रुपमा रहेका राजनितीक दलहरु मौंन बस्नुले यो लुटपाटमा कतैं उनीहरुको पनि हिस्स्ेदारी त् छैन भन्ने आम आशंका बढाएको छ ।
श्रोतले दिएको जानकारी अनुसार सबै दल निकट कर्मचारी एवं बिचौंलिया र ब्यबसायको मिलीभगतमा यो लुटपाट स्थायी रुपमा टिकेको हो । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को फारम भरेका सेवाग्राहीसँग कार्यालयले आँखा परीक्षण र निरोगिताको प्रमाणपत्र लिने बहानामा यतिधेरै लुटपाट हुनु राजनितीक दुरावस्थाको परिणाम भएको आम बिश्लेषण छ ।
आँखा परीक्षण र निरोगिताको प्रमाणपत्र मान्यताप्राप्त चिकित्सकले जाँच गरेर मात्र जारी गर्नुपर्नेमा कार्यालयमा बर्षौंबाट जरा गाडेर बसेका केही उपल्लो तहका कर्मचारी, बिचौंलिया र व्यवसायीको मिलिभगतमा मनलाग्दी तरिकाले प्रमाणपत्र जारी गर्ने गरेको समेत खुल्नमा आएपनि जिल्ला प्रशासन कार्यालय समेत किन मुकर्दशक बसेको छ ? बुझ्न सकिएको छैंन् ।
सांसदको निर्देशन लत्याईयो ।
यातायात कार्यालय भरतपुरमा भएको लुटपाटको बिषयमा आम जनगुनासो बढिरहेको बारे भण्डाफोर अभियानमा निरन्तर समाचार प्रकाशनमा आएपछी पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले गत् बुधबार यातायात कार्यालयको निरीक्षण गरे । आधिकारीक निकायको अनुमति बेगर निरोगीताको प्रमाणपत्रको मनलाग्दी शुल्क लिएको पाइएपछि सांसद लामिछानेले अर्को ब्यबस्था नभएसम्म १५० रुपैयाँ मात्र लिन निर्देशन दिए ।
तर सांसद आए निर्देशन दिए उनको निर्देशनको खिल्ली उडाउदै निरोगिताको प्रमाणपत्र दिएबापत ३५० रुपैयाँ लिने कार्य निर्वाद चलिरहेको छ ।
के कार्यालयले जारी गर्न सक्दैंन निरोगिताको प्रमाणपत्र ?
निरोगिताको प्रमाणपत्र यातायात कार्यालय आफैले जारी गर्न सक्ने यातायात ब्यबसायीहरुले जानकारी दिएका छन् । नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका उपाध्यक्ष भुवन बरालका अनुसार कार्यालय आफैले जारी गरी सेवाग्राहीलाई राहत दिनुपर्नेमा कार्यालयकै कर्मचारीको मिलेमतोमा यस्तो कार्य भईरहेकोले यसलाई रोक्न लाग्नुपर्ने बताए । उनले अगाडी थपे काठमाण्डौं लगाएतका अन्य यातायात कार्यालयमा १० रुपयाँमा भरिने फारम भरतपुर यातायात कार्यालयले बिचौलिया अघि सारी ३५० रुपयाँ लिनु लुटपाटको नयाँ नमुना हो ।
यस्तै ब्यबसायी कपिल पाण्डेले न्युनतम शुल्कमा फारम भर्नुपर्ने भन्दै लुटपाट हुनुमा कर्मचारीतन्त्र, राजनितीक दलहरु र प्रशासन जिम्बेवार रहेको बताए । कार्यालय आफैंले प्रमाणपत्र जारी गर्नुपर्नेमा त्यसो नगरिनु नैं गलत भएको उनले बताए ।
लाईसेन्समा अनेकन खेल र झेल ।
यातायात कार्यालय भरतपुरमा निरोगिताको प्रमाणपत्रमा मात्र होईन अन्य कार्यमा समेत कर्मचारीबाटै अबैध कार्य भईरहेको खुल्नमा आएको छ । भण्डाफोर अभियानलाई श्रोतले दिएको जानकारी अनुसार लाईसेन्समा अनेकन खेल र झेल हुने गरेको हो । कार्यालयका कर्मचारीले हुने कामलाई पनि नहुने भन्दै सेवाग्राहीलाई दुःख दिनुका दिने गरेको तर त्यहि काम बाहिर बसेका बिचौंलिया मार्फत फाईल ल्याउदा सदर गर्ने गरेका हुन् । लाईसेनस नबिकरणमा समेत झेल भईरहेको भुक्तभोगी सेवा ग्राहीहरुको गुनासो छ । त्यस्तै, ट्राफिक र ड्राईभिङ्ग सेन्टरका कर्मचारीहरुको मिलीभगतमा रकम बार्गेनिङ्गको आधारमा कुरा मिले फेल भएकालाई पनि पास गराउने र कतिपय पास भएकालाई पनि यता छोईयो उता छोईयो भन्दै दलाल मार्फत जान बाध्य पार्ने गरेको बुझिएको छ । यस्ता खेल र झेलहरु बन्द हुनुपर्ने जिल्लाका पुराना यातायात ब्यबसायी मित्र केसीले जोड दिए । उनले भने व्यवसायीले लिने शुल्क पारदर्शी छैन, बिदेश बसेकाको पनि के आधारमा यहाँ नबिकरण भईरहेको छ, बुझिनसक्नु छ भन्दै कार्यालयप्रति ब्यंग गरे ।
टेण्डर प्रक्रियामा जाने
यातायात कार्यालय भरतपुरमा निरोगिताको शुल्क तय गर्न अब टेण्डर प्रक्रियामा जाने भएको छ । कार्यालयभित्र बाटै निरोगिताको प्रमाणपत्र जारी गर्नका लागि कार्यालयले गत् शुक्रबार १५ दिने सुचना जारी गर्दै टेण्डर प्रक्रियाको आáन गरेको हो । टेण्डर खुलाईएको कार्यालयका प्रमुख पदम प्रसाद बजगाईले जानकारी दिए ।