पशुपतिको जलहरी : तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, यस्तो छ नालीबेली
काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले विशेष अदालतमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर पशुपतिको जलहरीमा भ्रष्टाचार गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कोषाध्यक्ष समेत रहेका हालका सदस्यसचिव थापासहित ३ जनाविरुद्ध जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो माग दाबी गरेको छ ।
पशुपतिको शिवलिंग ९ज्योर्तिलिङ्ग० को गर्भगृहलाई पूर्ण रुपले ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि नेपाल राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरिएको थियो ।
उक्त सुनमा २ केजी ८ सय ९० ग्राम, चाँदी १ केजी २४९ ग्राम, जिंक १२।७५ ग्रामसमेत गरी १ सय ७ केजी ९२४।७५ ग्राम सुन कायम गरिने उल्लेख गरिएको थियो ।
तर, निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरिएको सुनको परिमाण ९६ केजी ८२२ ग्राम मात्रै उल्लेख गरियो ।
त्यस बेलाको मूल्य अनुसार ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ बराबरको बाकी १० केजी ९ सय ७६ ग्राम सुन सुन रिङ बनाई चढाइएको जिकिर कोषले ग¥यो ।
त्यसपछि खोजविन गर्दा रिङ राखिएको भेटिएन । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरेको महालेखा परीक्षकको कार्यालयले पनि लेखा परीक्षणका क्रममा जलहरी निर्माणमा अनियमितता भएका विषय समेटेर प्रतिवेदन ल्यायो ।
जलहरी बनाएर बाकी रहेको सुन केही पदाधिकारी र कर्मचारीको मिलेमतोमा गायब पारिएको भन्दै कोषकै केही सदस्यले खोजविन थाले ।
तर, कोषले त्यसको विवरण नदिएपनि केही सदस्य र त्यसबारे चासो राख्ने व्यक्तिका तर्फबाट अख्तियारमा उजुरी परेको थियो ।
कोषले २०७७ माघ २६ मा राष्ट्र बैंकसँग सुन किन्ने सम्झौता गरेको थियो । कोषका तत्कालीन सदस्य–सचिव ढकाल र तत्कालीन कोषाध्यक्ष ९हालका सदस्य सचिव० थापाले सुनको जलहरी निर्माण समितिको संयोजक तथा पशुपति क्षेत्र विकास कोष संचालक परिषद्का तत्कालीन कोषाध्यक्ष समेतको जिम्मेवारीमा रहेर सुनको ज्ञान नभएका कालिगडमार्फत काम गराएको अभियोगपत्रमा उल्लेख छ ।
‘पशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमूल्य सुन लगायतका धातुहरूको उचित संरक्षणको प्रबन्ध गर्नुपर्ने, सुनको जलहरी बनाउने जस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा सो नगरी सुन सम्बन्धी काम गर्न सक्ने सम्बन्धित निकायबाट इजाजत नलिएको अनधिकृत व्यक्तिमार्फत कालिगडको रूपमा काममा लगाई जलहरी निर्माण कार्यलाई अगाडि बढाई कामको जिम्मेवारी दिएको देखिएको,’ अख्तियारले विशेषमा दायर गरेको मुद्दामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन १०३ केजी ७७३।१ ग्रामको शुद्ध सुन १०२६१४।० ग्राम देखिन आएको, सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन, चाँदी, तामासमेत गरी कुल १०६४३२।५ ग्राम सुनको शुद्ध सुन १०००८५।९ ग्राम देखिन आएको र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत गरी १०३७।५ ग्राम सुनको शुद्धता ९६२।६ ग्राम देखिएको छ ।’
सुनको जलहरीमा प्रयोग भएको चाँदी
तामासमेत मिसावट गरी हुन आउने १०६,४३२।५ ग्राम सुन र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामा समेत मिसावट गरी हुन आउने १०३७।५ ग्राम सुन गरी जम्मा तौल १०७,४७०।० ग्राम सुनको शुद्ध सुन १०१,०४८।५ ग्राम मात्र रहेको देखिन आएबाट नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३।१ ग्राम सुनको शुद्ध सुन १०२६१४।० ग्रामबाट सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन तथा निर्माणका क्रममा बाँकी रहेको सुनसमेत गरी शुद्ध सुन १५६५।६ ग्राम परिमाणमा अन्तर परेको भन्दै यो अनियमितता भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
जर्तीबापत नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार एक किलो चार सय एकान्नब्बे ग्राम सात सय अठार मिलिग्राम सुन निज प्रतिवादीहरू ढकाल र कुमार थापाले हिनामिना गरेको अख्तियारले जनाएको छ ।
ढकाल र थापाले २०७७ फागुन ११ गते राती ८ बजे गरिएको मुचुल्का नै शङ्कास्पद रहेको आरोपपत्रमा उल्लेख छ ।
‘फागुन २० को कोषको निर्णय तथा मुचुल्का बिनै रिङ्ग बनाउने भनी सुन लिई रिङ्ग बनाएको देखिएको हुँदा परिषद्का जिम्मेवार पदाधिकारीहरू पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष ९लका सदस्य सचिव० थापासमेतको निर्देशनमा रिङ जडान गर्ने तथा बाँकी रहेको सुन राख्ने क्रममा बिना मुचुल्का अनधिकृत रूपमा गरेको भन्ने निजहरूको बयान कागजातसमेतबाट खुलेको छ ।’
अख्तियारले भनेको छ । त्यसमा बदनियतपूर्वक रुपले जलहरी निर्माणको क्रममा हानिनोक्सानी भएको भन्दै १ केजी ४ सय ९१ ग्राम ७ सय १८ मिली ग्राम सुनको मूल्य खरिद गर्दाको मुल्य अनुसार हुन आउने एक करोड सत्र लाख एक हजार सात सय एकासी रुपैयाँ पचासी पैसालाई बिगो कायम गरिएको हो ।
यो प्रकरणमा सुन अनियमितता गर्न ढकाल र थापाको प्रत्यक्ष भूमिका रहेको पुष्टि भएको र बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको देखिएकोले अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
त्यस्तै कोषका स्टोर किपर अरुण कुमार श्रेष्ठले कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवार व्यक्ति रहेकोमा मन्दिरभित्र सुनको जलहरी निर्माणका क्रममा नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुन लगायत सोही कार्यमा अन्य दाताहरूबाट प्राप्त सुन, चाँदी, तामासमेतको अभिलेख गरी पारदर्शी रूपमा दुरुस्त नराखी हिनामिना गर्ने योजनामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएको हो ।
बिना मुचुल्का गैरजिम्मेवारी रूपमा काम गरेको भन्दै श्रेष्ठलाई कसुरदारको सूचीमा समेटिएको हो । ‘कोषले जिम्मा दिएको सम्पत्ति सुरक्षित साथ राख्ने र कोषलाई आवश्यक परेको अवस्थामा दाखिला गराउने गरी जिम्मा लिई कार्यरत रहँदै आएको र सुनको जलहरी निर्माणका क्रममा निर्माणस्थलको बिहान तथा दिउँसोको दुबै सिफ्टको कार्यटोलीमा खटिइएको जिम्मेवार व्यक्तिले मिति आधिकारिक निर्णय, कोषका जिम्मेवार
सदस्य तथा कार्यटोलीका सदस्यहरूलाई समेत तत्कालै जानकारी नदिई बिना नापतौल तथा मुचुल्का गैरजिम्मेवारी तवरले थापाले निर्देशन दिँदा कुनै प्रतिवाद नगरी मिलेमतोमा काम गरेको आरोप लगाइएको छ ।
उनलाईसमेत ढकाल र थापा सरह नै बिगो मागदावी गरिएको हो । प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेको अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेपछि मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।
त्यही घोषणापछि पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी निर्माण गरेर पशुपतिनाथको मूर्तिमा राखेको थियो । पशुपतिको शिवलिंगमा चढाइने अर्घ, जल तथा पञ्चामृत खस्ने भागमा लगाइने धातुको पाता नै जलहरी हो ।
शिवलिंगमा चढाइने सबै तरल पदार्थ जलहरीबाट ब्रहृमनालमा पुग्छ । यसअघि तामा र त्यसपछि चाँदीको जलहरी राखिएकोमा अहिले सुनको जलहरी राखिएको थियो । जलहरी राख्ने काम नसकिँदै विवाद भएपछि हतार–हतार १२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लगेर क्षमा पूजा गराइएको थियो । गन्तब्य टुडे।