भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्‍यु

भरतपुर/भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्‍यु भएको छ । भररतपुर महानगरपालिका वडा नं ४ स्थित नवदुर्गा चोकमा मोबाइल चार्ज गर्ने क्रममा ९शनिबार० करेन्ट लागेर एक युवाको मृत्‍यु भएको हो ।

सर्लाहीको मलंगवा नगरपालिका वडा नं–१२ घर भई हाल भरतपुर–४, नवदुर्गा चोकमा डेरा गरी बस्ने रामु यादवको ज्यान गएको हो । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।