म्याद गुज्रिएको करोड बराबर रुपैयाँको बियर चितवन नष्ट
चितवन/वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । काठमाडौँको धुम्बाराहीबाट बरामद भएको बियरलाई विभागले चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको हो । तर, विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन ।
विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको छ ।
हिजो काठमाडौँको पेप्सीकोला, बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको विभागले पेप्सीकोलामा रहेको एक किराना पसललाई सिल गरिएको छ । फाइल फोटो