कोभिड खोप बनाउने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

यो वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्।
ती वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुन्।

कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो।
अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ।

पाठेघरको मुखको क्यान्सरः नेपालमा सुरु हुन लागेको खोप अभियान किन महत्त्वपूर्ण
खोप लगाएका मानिस कोरोना भाइरस सङ्क्रमणबाट कति सुरक्षित
महिलामा बाँझोपन हुने र अन्य चार मिथ्या दाबीको चिरफार
खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरस वा ब्याक्टेरियाबाट हुने खतरा चिन्न र त्यसविरुद्ध लड्न तालिम दिन्छ।

परम्परागत खोप प्रविधिमा सङ्कक्रमण गराउने कीटाणुका मृत वा निष्क्रिय कोष वा कुनै अवयव प्रयोग गरिएको हुन्छ।

तर एमआरएनए प्रविधिले नितान्त भिन्न तरिका अवलम्बन गरी खोप निर्माण गर्छ।

कोभिड महामारीका बेला मोडर्ना र फाइजररबायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो।

त्यस्ता खोप नेपालमा पनि प्रयोग भएका थियो।

क्यान्सर रोगविरुद्धको लडाइँमा कोभिड(१९ महामारीले यसरी सहयोग पुर्‍याएको हुनसक्छ

कोरोनाभाइरस भेरिअन्टः विषाणुमा उत्परिवर्तन भयो भने के हुन्छ
नोबेल पुरस्कार समितिले भनेको छस् ूपुरस्कार विजेताहरूले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिए।ू

वैज्ञानिकद्वय कारिको र भाइस्मानको पहिलो भेट अमेरिकाको यूनिभर्सिटी अफ पेन्सल्भेनियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भएको थियो।

एमआरएनएमा उनीहरूको रुचि त्यस बेला वैज्ञानिक क्षेत्रको असामान्य काम थियो।
बिबिसी