भरतपुरमा ढिलो गरी पर्ब मेला शुरु !
चितवन/दशैं तिहार लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने भन्दै चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको “पर्व विशेष मेला–२०८०” को तोकिएको मिती र समय भन्दा केही ढिलो गरी हिजो असोज १० बुधबारबाट शुरु भएको छ । मेलाको चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक कार्यक्रमका बीच समुद्घघाटन गर्नु भएसँगै शुभारम्भ भएको हो। कार्यक्रम उधोगमन्त्रीले उद्धघाटन गर्ने भनिएपनि अन्तिम समयमा आएर प्रमुख जिल्ला अधिकारीले उद्धघाटन गर्नुभएको हो
कार्यक्रम उद्धघाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी थापाले पर्व मेलाले स्थानीय ग्राहकहरुको मागलाई पूरा गरी ग्राहकहरुको मन जित्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलामा राखिने उत्पादनको मूल्य निर्धारण, गुणस्तर लगायत आर्थिक हरहिसाबलाई पारदर्शी तरिका राखी कारोबार गर्न मेलाका प्रदर्शकहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले मेलामा स्थानीय स्तरमा कृषि तथा पशुपंक्षी पालन व्यवसायमा जोडिएको उद्यमीहरुसँग आवश्यक सहकार्य गरी दशैंका लागि आवश्यक पर्ने खसी, बोका, भेडा–च्याङ्ग्रा, हाँस लगायतका मासुजन्य उत्पादन समेतको बजारीकरणमा यस्ता मेला गर्दै जाने जानकारी गराउनु भएको थियो । अध्यक्ष कँडेलले वर्तमान समयमा आर्थिक मन्दीको प्रभावको कारण उपभोगमा गिरावट आई कैयौं उद्योगीहरु उद्यमशिलताबाट नै पलायन भएको अवस्थामा स्वदेशी उत्पादनहरुको प्रबर्द्धन गरी आर्थिक गतिविधिलाई थप चलायमान बनाउँदै उपलब्ध भएसम्म स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने उद्देश्य अनुरुप आयोजना गरिएको यस मेलामा स्वदेशी जुत्ता चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोका लगायतका उपभोग्य वस्तुहरु एउटै छानामुनी उपलब्ध हुने बताउनुभयो ।
मेला अन्तर्गत पहिलो चरणमा नेपाली जुत्ता घरसँगको सहकार्यमा स्वदेशी जुत्ता–चप्पलको प्रदर्शनी तथा प्रबद्र्धन मेला शुरु भएको छ भने विभिन्न गार्मेन्ट उद्योगीहरुको सहकार्यमा मेलाको अन्तिम हप्ता लत्ताकपडाको स्टलहरु राखिने लक्ष्य लिइएको छ । त्यस्तै पर्व मेलाको अवधि अन्तर्गत असोज २१ गतेदेखि घरयासी प्रयोजनमा धेरै परिमाणमा खपत हुने अनिवार्य आवश्यकताका दैनिक उपभोग्य खाद्यान्न लगायतका सामग्रीहरुको समेत बिक्री वितरणको व्यवस्था गरी आम उपभोक्तालई सहजीकरण गर्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग समन्वय भईसकेको अध्यक्ष कँडेलले जानकारी गराउनुभयो ।
मेलाको सह–आयोजक संस्था नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले पर्व मेलाले रोजगारी सिर्जना, राजश्वमा योगदान, आयात प्रतिस्थापन गरी राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केही गर्छु भन्दै स्वदेशीमै गरी खान्छु भनी लागेका उद्यमीहरुलाई प्रोत्साहित गर्न सहयोगी हुने बताउनुभयो ।
करीब २ लाख स्वदेशी तथा विदेशी अवलोकनकर्तारग्राहकहरुले भ्रमण गर्ने अनुमान गरिएको मेलामा करीब १० करोडको कारोबार हुने अनुमान गरिएको छ।
प्रदर्शनी अवधिभर प्रदर्शक बिक्रेता तथा हजारौं संख्याका अवलोकनकर्ताहरु महिनौं दिनसम्म होटलमा बस्ने कारण चितवन, सौराहा, नवलपुरका पर्यटन उद्योगहरुलाई चलायमान बनाउन समेत मेला सहयोगी हुने हुँदा मेलाको माध्यमबाट आर्थिक गतिविधिहरु थप चलायमान हुन गई आर्थिक मन्दीबाट थलिएको अर्थतन्त्रलाई पुनर्उत्थान गरी उद्यमशिलताबाट पलायन हुन लागेका उद्योगी, व्यवसायीहरुलाई उद्यमशिलतामा निरन्तरता दिन प्रेरणा मिल्ने आयोजकको भनाई छ ।
शुभारम्भ कार्यक्रममा नेपाल उद्योग परिसंघ, गभर्निङ काउन्सिलका सदस्य कृष्ण प्रसाद अधिकारी, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका निवर्तमान अध्यक्ष कृष्ण कुमार फुयाँल, चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्की, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्क बहादुर खत्री, शसस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनका प्रहरी नायव उपरीक्षक दिपेन्द्र कुमार पाण्डे, नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारी, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी, तारा प्रसाद पौडेल, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका उपाध्यक्ष रुद्र प्रसाद न्यौपाने, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका उपाध्यक्ष सुरज बन्जाडे, चितवन उद्योग संघका उपाध्यक्षहरु मदन घिमिरे, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका कार्यसमिति सदस्य जीवन श्रेष्ठ, चितवन उद्योग संघका पालिका समितिका अध्यक्ष , पदाधिकारी तथा सदस्यहरु, चितवन उद्योग संघ महिला तथा युवा उद्यमी मन्चका अध्यक्ष , पदाधिकारी तथा सदस्यहरू , संघका वस्तुगत सदस्यका अध्यक्ष , पदाधिकारीहरु तथा सदस्यहरू , स्थानीय टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगीहरु,लगायतका महानुभावहरुको सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला बिहान ९ः०० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिनेछ ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको समुद्घघाटन कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।