भरतपुर महानगरद्वारा चिनियाँ पर्यटकलाई स्वागत, भ्रमण वर्ष २०२४ ले आर्थिक चलयमान गराउनेछ: मेयर रेनु

चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले आर्थिक चलयमान गराउनेमा विश्वस्त रहेको बताउनु भएको छ । विश्व पर्यटन दिवसको अवसरमा भरतपुर १३ मा रहेको बाटुली पोखरीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख दाहालले बाह्य तथा आन्तरिक पर्यटकको आगमनले आर्थिक अवस्था चलयमान हुने उल्लेख गर्नुभयो ।
भरतपुर भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटकलाई भरतपुर ल्याउने वातावरण बनाउन तयारीको काम भईरहेको उहाँको भनाई छ । प्रमुख दाहालले भरतपुर पर्यटनको खानी भएको भन्दै यसको सौन्दर्यकरणतर्फ महानगरले काम गरिरहेको बताउनुभयो । सोही अवसरमा भरतपुर महानगरसँग भगीनी सम्बन्ध स्थापित गर्न आएका चीनको सिआन शहरका उपमेयर सुन हायगोउसहितको समुहलाई फुलमालाले स्वागत गरिएको थियो । आफू पहिलो पटक चितवन भरतपुर आएर निकुञ्ज घुम्न अलगै आन्नद महसुस गरेको सिआन शहरका उपमेयर सुन हायगोउले बताउनुभयो