नारायणगढका ब्यबसायीद्वारा महानगरमा धर्नाः एकमहिने मेला रोक्न माग !
चितवन/भरतपुरमा एक महिने जुत्ता मेला राखिएको भन्दै ब्यबसायीहरु बिरोधमा उत्रिएका छन् । चाडपर्वको मुखमा अलिअलि ब्यापार गर्ने आशमा रहेका ब्यबसायीहरु चितवन उद्योग संघले एक महिने पर्व मेला आयोजना गरेपछि त्यस्को बिरोधमा उत्रिएका हुन् ।
गत् आईतबार भरतपुर महानगरमा भेला भएका ब्यबसायीहरुले एकघण्टा त्याहाँ जम्मा भई बसेका थिए । एक महिनासम्म पर्व मेला आयोजना हुन लागेपछि उद्योग वाणिज्य संघका पदाधिकारी र संघको वस्तुगततर्फका व्यवसायीहरु मेला रोक्न माग गर्दै भरतपुर महानगरपालिका पुगेका थिए । महानगर प्रमुख रेनु दाहाललाई ज्ञापन पत्र बुझाउन गएका उनीहरु दाहाल आइतबार काठमाडौँबाट भरतपुर आउन ढिला भएपछि पत्र नबुझाई फर्किएका थिए ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायाण श्रेष्ठले उधोग संघले आयोजना गरेको महिना दिन लामो मेलाले स्थानिय ब्यबसायीहरुको ब्यबसायमा असरगर्ने भन्दै त्यसलाई छोट्ट्याउनुपर्ने बताए । व्यावसायिक हकहितका लागि संघ दृढ भएर लाग्ने पनि उनले बताए ।
संघकै वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले चितवन उद्योग संघले आयोजना गरेको एकमहिने मेलाका कारण बजारका व्यवसायीलाई मर्का परेको बताए । एकमहिने मेला र विस्तारका क्रममा रहेको बाटोका कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएपछि उद्योग वाण्ज्यि संघ सक्रिय भएको उनको जिकीर छ ।
त्यस्तै, उनले पूर्वी चितवनबाट आउने बसहरुलाई नारायणगढसम्म जान दिनुपर्ने भन्दै बजार परिक्रमा गरेर पुनः बसपार्क जाने गरी बसलाई बजार आउन दिनुपर्नेमा जोड दिए । सडक विस्तारको काममासमेत ढिलासुस्ती भइरहेकोमा गुनासो गर्दै सडकको अवस्थाकै कारण बजारमा उपभोक्ताको चहलपहल नभएको भन्दै उनले उद्योग संघको मेलाले थप असर पुग्ने आकलन गरिएको बताए ।
संघका उपाध्यक्ष सिरिस पन्तले मेला, सडकको अवस्था र राज्यको नितीको कारण ब्यबसायीहरु दिनप्रतिदिन पलायन हुँदै गईरहेको दुःखेसो पोख्दै ब्यबसायीले गुनासो पोख्ने ठाँउ कम्जोर बन्दै गईरहेको महशुस भईरहेको बताए ।
भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले महानगरले अभि भावकीय रुपमा समन्वयकारी भूमिका निर्वाह नगरे ब्यबसायीहरु सटरहरु बन्द गरी सडक आन्दोलन गर्न बाध्य हुने जानकारी दिए । ‘चाडबाडको मुखमा केही व्यापार होला भन्ने आशामा रहेका ब्यबसायीहरुलाई एकमहिने घुम्ती मेलाले निराशा बनाएको बताए ।
एकमहिने मेला रोकेर स्थानीय व्यवसायीको रक्षा गर्नुपर्ने, महानगरले अभिभावकीय जिम्मेवारी लिनुपर्ने र व्यवसाय कर मिनाहा गर्नुपर्ने सडकको अवस्था छिटो सुधार गर्नुपर्ने लगायतका माग राख्दै व्यवसायीहरु महानगरको कार्यालयमा पुगेका थिए । उनीहरु केही समय महानगरको कार्यालय अगाडि धर्ना दिएपनि मेयर नआउने थाहा पाएपछी अर्कोदिन ज्ञापनपत्र दिने भन्दै त्याहाँबाट बाहिरीएका थिए ।
यता, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले उद्योग वाणिज्य संघको आग्रहमा पर्व मेलालाई एक हप्ता पछाडि सारिए पनि मेला गराएरै छाड्ने बताए । ‘हामीले स्वदेशी उत्पादनको प्रवद्र्धन गरौँ भनेर मेला आयोजना गरेको हो । उहाँहरुकै आग्रहमा मेलालाई एक हप्ता पछाडि पनि सारेका हौँ’, उनले भने ।
कानुनसम्मत दर्ता भई राज्यलाई कर तिरेका व्यवसायीमात्रै मेलामा सहभागी हुने भन्दैं मेलामा नेपाली जुत्ता घरले नेपालमै उत्पादन भएका जुत्ता–चप्पलको प्रदर्शनी जानकारी दिए । मेलाको औपचारिक उद्घाटन मंगलबार भईसकेको छ ।
नारायणगढका ब्यबसायीद्वारा महानगरमा धर्नाः एकमहिने मेला रोक्न माग ।(फष्ट न्युज ६ कोलम)
चितवन । भरतपुरमा एक महिने जुत्ता मेला राखिएको भन्दै ब्यबसायीहरु बिरोधमा उत्रिएका छन् । चाडपर्वको मुखमा अलिअलि ब्यापार गर्ने आशमा रहेका ब्यबसायीहरु चितवन उद्योग संघले एकमहिने पर्व मेला आयोजना गरेपछि त्यस्को बिरोधमा उत्रिएका हुन् ।