धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चमा लालबहादुरको नेतृत्व
चितवन/ धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चमा लालबहादुर विश्वकर्मा चयन भएका छन् । मञ्चको सोमबार सम्पन्न चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले विश्वकर्मालाई अध्यक्षतामा १७ सदस्यीय कार्यससिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरूमा उत्सव खाती विक, जुना सुनार, महासचिवमा राजु विश्वकर्मा, कोषाध्यक्षमा जीवन विश्वकर्मा, सचिवमा गंगा रामदाम सुनार, सह–कोषाध्यक्षमा लक्ष्मण विश्वकर्मा, कार्यसमिति सदस्यहरुमा डम्बरध्वज विश्वकर्मा, कुशल विश्वकर्मा, आशिष रामदाम, प्रेमबहादुर घिमिरे, रामबहादुर सुनार, विशाल सेन्चुरी, रुपलाल सुनार, आशा रामदाम, टकबहादुर विश्वकर्मा र गुनबहादुर रामदाम विक चयन भएका छन्।
विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाईली सुनार प्रमुख अतिथि रहेको कार्यक्रममा हङकङ विश्वकर्मा वेलफेयर सोसाइटी तदर्थ समितिका अध्यक्ष पिताम्बर घमाल, विश्वकर्मा कलाकार नेपालका केन्द्रीय उपाध्यक्ष राजन भुजेल विश्वकर्मा र गैरसरकारी संस्था महासंघका केन्द्रीय प्रशिक्षण विभाग सदस्य कमल कुमार विश्वकर्मा विशिष्ट अतिथि रहेका छन् ।
साधारणसभामा मञ्चको परिकल्पनाकारहरू दलप्रसाद विश्वकर्मा, अर्जुन रसाईली सुनार, टेकबहादुर विश्वकर्मा, टुलकप्रसाद विश्वकर्मा, त्रिलोक भिके रामदाम, हेमबहादुर विश्वकर्मा, भीमप्रसाद विक, अमिर रामदामलाई सम्मानार्थ आजिवन सदस्यता प्रदान गरिएको थियो ।