नारायणगढको होटल ह्याप्पी होमले मनायो छैटौँ वार्षिकोत्सव
नारायणगढ/थारु जातीका विभिन्न परिकार पस्कदै आएको नारायणगढको होटल ह्याप्पी होमले शनिबार छैटौँ वार्षिकोत्सव मनाएको छ । कोरोना महामारीपछि श्रृजित आर्थिक मन्दी लगायत विभिन्न उतारचढावका बीच होटलको छैटौँ वार्षिकोत्सव मनाउन पाउँदा खुसी लागेको सञ्चालक कृष्ण महतोले बताए ।
होटल व्यवसायी संघ चितवनका सचिव समेत रहेका महतोले स्वदेशमै परिश्रम गर्ने सोँचका साथ होटल व्यवसाय सञ्चालन गरेको बताए । वार्षिकोत्सवको अवसरमा ग्राहकवर्ग, शुभचिन्तक, बन्धुबान्धव लगायतको सहयोगका कारण व्यवसायमा टिकिरहन मद्धत पुगेको उनले बताए ।
होटल सञ्चालन गर्नुअघि होटल क्षेत्रमै उनले कामदारको रुपमा काम गर्दै आएका थिए । होटलको कामदारबाट मालिक बनेका उनले गुणस्तरमा कहिल्यै पनि सम्झौता नगर्ने बताए । त्यस्तै, ग्राहकको चाहनालाई सदैव उच्च प्राथमिकतामा राख्ने पनि उनले बताए ।
वार्षिकोत्सवमा सहभागी भएका होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुके, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट, वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालय, होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष इमान्दु बराल, दिलकुमार श्रेष्ठ, थारु पत्रकार संघ चितवनका अध्यक्ष दीपेन्द्र चौधरी, कमलनगर टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद सापकोटा लगायतले होटल ह्याप्पी होमका सञ्चालक महतोलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।