कुल बहादुर क्षेत्री (राजुको) नेतृत्वमा चितवन अटोमोवाइल्स एशोसिएसन
चितवन/चितवन अटोमोवाइल्स एसोसिएसनको अध्यक्षमा कुल बहादुर क्षेत्री (राजु ) निर्वाचित भएका छन् । एशो९सिएसनको २२ औ वार्षिक साधरणसभा तथा १२ औ अधिवेशनले कुलबहादुरको नेतृत्वमा समिती निर्वाचित गरेको हो । १९ सदस्यीय कार्यसमितिमा १६ जना निर्वाचित भएका छन । दुई जना सदस्य मनोनीत हुनेछन् ।
शनिबार भएको निर्वाचनमा क्षेत्री ३८ मतको फरकले विजयी भएका हुन् । कुल खसेको २८१ मतमा क्षेत्रीले एक सय ५७ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी दिपमणी पाठकले एक सय १९ मत ल्याएका थिए ।
निर्वाचनले मिश्रित परिणाम ल्याएको छ प्रथम उपाध्यक्षमा क्षेत्री प्यानलका राजेन्द्र भट्टराई निर्वाचित भएका छन । भट्टराईले १५१ मत ल्याए भने उनका प्रतिस्पर्धी भिम प्रसाद सुवेदीले १२१ मत ल्याए ।
द्वितीय उपाध्यक्षमा भने पाठक प्यानलका प्रशान्त पौडेल बिजयी भए । उनले एक सय ४७ मत ल्याए भने उनका प्रतिद्वन्दी जितबहादुर सेढाई ९विष्णु० ले ११२ मत पाए । तृतीय उपाध्यक्ष क्षेत्रगत रुपमा टाडी पर्सा क्षेत्रका देवीप्रसाद बराल निर्विरोध निर्वाचित भएका थिए । बराल क्षेत्री प्यानलका हुन् ।
सचिवमा पाठक प्यानलका मोहन केसी कोषाध्यक्षमा क्षेत्री प्यानलका रामशरण भट्टराई, सहसचिवमा क्षेत्री प्यानलकै अनिाश श्रेष्ठ, सहकोषाध्यक्षमा क्षेत्री प्यानलकै विवस पिया निर्वाचित भए ।
त्यस्तै सदस्यमा बसन्त देवकोटा, सुस्मिता शाह, दिपक प्रसाद कंडेल, जोगेन्द्र प्रधान, किरण सापकोटा र हिमाशुं जोशी निर्वाचित भए । विधानको प्रावधान अनुसार रस्किन अधिकारी र चिरञ्जीवी अर्याल टाँडी पर्सा क्षेत्रबाट सदस्यमा निर्वाचित भएका छन ।