एटुजेड समाचारद्वारा आयोजित प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

चितवन/एटुजेड समाचार डटकमद्वारा आयोजित तिज बिशेष आर्टिकल प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज ९शनिबार० भरतपुर स्थित जिल्ला समन्वय समितीको सभाहलमा “तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ” बिषयक आर्टिकल प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त आर्टिकल प्रतियोगितामा पत्रकार सुजिता हमाल प्रथम भएकी छन् । प्रथम भएसंगै उनले नगद २० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै पत्रकार प्रतिमा सिलवाल द्वितीय भएकी छन् । उनले नगद १५ हजार र प्रमाण पत्र प्राप्त गरेकी छन् ।

त्यस्तै पत्रकार सुनिता सुवेदी तृतीय भएकी छन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् भने केशु लामिछाने सान्त्वना भएकी छन् । उनले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

कार्यक्रममा फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिएको हो ।

आर्टिकल प्रतियोगितामा २४ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि सबै महिला पत्रकारहरुलाई सम्मान गर्दै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथी पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी रहेका थिए । उनले महिला पत्रकारलाई सम्मान गर्दै चितवनमा नै पहिलो पटक यस्तो खालको प्रतियोगिता आयोजना गरेको भन्दै आयोजक टिमलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमको सभापती एवम् एटुजेड समाचारका अध्यक्ष किशोर सापकोटाले गरेका थिए भने
सन्चालन बाल गोबिन्द न्यौपानेले गरेका थिए ।