बढी प्रोटिन हुने बहुगुणी झुसे करेलाका यि अपत्यारिला फाइदाबारे जानिराखौ।

चितवन/झुसे करेला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपायोगी हुन्छ । यसको तरकारीको सेवनले हाम्रो शरीरलाई अत्यन्तै फाइदा पुग्छ । चट्टेललाई धेरै शक्तिबर्द्धक तरकारी मानिन्छ यसमा मासुको तुलनामा धेरै प्रोटिन हुन्छ अर्थात यो प्रोटिनको भण्डार हो ।

चट्टेलमा पाइन फाइटोकेमिकल्स शरीरलाई स्वस्थ बनाउनुको साथै यसमा भएको एन्टिअक्सिडेन्डले रगत सफा राखेर छाला सम्बन्धी रोग हुन दिँदैन । रुघाखोकीबाट राहत प्रदान गर्नुको साथै रोक्न समेत सहयोग गर्छ । यति मात्र होइन क्यान्सर जस्तो प्राण घात रोगलाई रोक्न समेत सहयोग गर्छ । यसको सेवनले क्यान्सरको रोगीलाई समेत फाइदा पुग्छ ।

विभिन्न रोग, मुटु रोगको पनि रोकथाम गर्न सहयोग गर्छ । फाइबरको बढी मात्रा बढी भएकाले शरीरका लागि धेरै फाइदाजनक छ तौल र उच्च रक्तचापलाई नियन्त्रित गर्नेर् गुण पनि यसमा हुन्छ । यसमा प्रचुर मात्रामा आइरनसमेत पाइन्छ ।