हंसको निबन्ध लेखन प्रतियोगिता सम्पन्न।

चितवन/चितवनको नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२३ को अवसरमा जिल्ला स्तरीय अन्तर मा.वि.निबन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बुधवार नारायणगढमा सम्पन्न गरेको छ। “शिक्षाः विकासको मूल आधार” शिर्षकमा गरिएको प्रतियोगितामा चितवन जिल्लाका ३९ विद्यालयका ७४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा नेपाल आदर्श शिक्षा सदनकी उषा पौडेल प्रथम, वाल्मीकि शिक्षा सदनकी प्रार्थना बेलवासे द्वितीय, हिमालय दण्डपाणी मा.वि.की अनिशा सुवेदी तृतीय, चितवन मा.वि.का विशाल मग्रातीले सान्त्वना स्थान हासिल गरेका थिए । सो अवसरमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः रु. पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियोकार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तथा प्रमुख अतिथी दिनेश कुमार चुकेले सहकारीसंग विद्यार्थीलाई जोड्ने र सहकारीताको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । त्यसैगरी संस्थाको शिक्षा उप समितिका संयोजक देशबन्धु अधिकारीले नयाँ पुस्तालाई औपचारिक शिक्षामा नै सहकारी सम्बन्धी विषयको अध्ययन गराउनु पर्नेमा जोड दिदै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । पुरस्कार वितरण कार्यक्रममा संस्थाका सचिव शारदा शर्मा पौडेल, कोषध्यक्ष प्रमोद कुमार श्रेष्ठ, संचालकहरु होमनाथ सापकोटा, सूर्य बराल, प्रबन्धक नारायण प्रसाद सापकोटा, विभिन्न उपसमितिका सदस्यहरु लगायत शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । निबन्ध लेखन प्रतियोगिताको परिक्षक तथा निर्णायकमा हरि लामिछाने तथा विपिन पाठक रहनु भएको थियो ।
संस्थाका शिक्षा उप समितिका संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपसमितिका सदस्य नेत्रबन्धु पोख्रेलले तथा सदस्य विदुर के.सी.ले कार्यक्रम संचालन गरेका थिए ।